Take a fresh look at your lifestyle.
npa 9 suchana

सुरक्षित आवासको माग गर्दै रौतहटका पालिकाहरुमा घेराउ तथा प्रदर्शन

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १५ असोज ।
दलित आवास निर्माण संघर्ष समिति रौतहटद्धारा आज रौतहटका अधिकांश नगर पालिकाहरुमा घेराउ गरेका छन । सुरक्षित आवासको रकÞम माग गर्दै हजारौ गरिब दलितहरुले आज सड़कमा प्रदर्शन गर्नुको साथै स्थानीय निकायका कार्यालयहरुलाई घेराउ गरेका हुन । गरिव दलितलाई आवासको व्यवस्था हुनु पर्ने ,जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था हुनु पर्ने ,आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारवाई गर्नु पर्ने ,आवास निर्माणमा भएको अनियमिततालाई छानवीन हुनु पर्ने , कमिशनमा भुतmानी गर्नेलाई कारवाई गर्नु पर्ने ,निर्माणधिन घरहरु छिटो पुरा गर्नु पर्ने ,दलित युवाहरुलाई सिप तथा रोजगारीको व्यवस्था गर्नु पर्ने माग घेराउ गर्ने क्रममा माग गरेका छन ।
सुरक्षित आवास कार्यक्रम अंतर्गत घर मर्मत एवं निर्माणको लागि झण्डै ३ वर्ष देखि स्थानीय तहमा करोडौ रकÞम आईरहे पनि पिडÞितहरु अहिले सम्म कुनै लाभ प्राप्त नगरेको दलित आवास निर्माण संघर्ष समिति रौतहटले जनाएको छ ।
स्थानीय सरकार मातहत रहेको ’सुरक्षित आवास कार्यक्रम’मा भईरहेको यस किसिमको चरम लापरवाही एवं भ्रष्टाचारले गर्दा करोडौ रकÞम फ्रिज एवं दुरुपयोग हुनु आफैंमा पनि दुखद विडम्बनापूर्ण कार्य रहेको ठहर गर्दै दलित समुदायहरु आक्रोशित भई प्रदर्शन तथा विरोधका कार्यक्रम तय गरेको ठगा दासले बताए । यमुना माई गाउँ पालिका , माधव नारायण नगर पालिका , गुजरा नगर पालिका ,फतसवा विजयपुर नगर पालिका ,बौधीमाई नगर पालिका , लगायत अन्य नगर पालिकाहरुमा दलितहरुले प्रदर्शन गर्दै कार्यालय घेराउ र विरोध जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.