Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा आवास निर्माणको कार्यमा स्थिलता

gadhimai nagar palika ko suchana
suchana gadhimai

शैलेन्द्र झा, रौतहट १४ असोज ।
रौतहटमा विभिन्न नगर पालिका तथा गाउँ पालिकामा आवास निर्माणको कार्यमा स्थिलता आएको छ । जिल्लाका मौलापुर नगर पालिका र कटहरिया नगर पालिका बाहेक अन्य १४ वटा नगर पालिका तथा २ वटा गाउ पालिकामा आवास निर्माणका कार्य स्थिल भएको दलित आवास निर्माण सघर्ष समिति रौतहटले जनाएको छ । विगत ४ बर्ष देखि प्रदेश सरकारबाट आएको रकम फ्रिज भई दलितको घर बन्न नसकेको बताइएको छ । आवास निर्माणको लागि सदरमुकÞाम गौरमा मगलवार हजÞारौ गरिब दलितहरुले प्रदर्शन गरेका छन । दलित आवास निर्माण संघर्ष समिति रौतहतद्वारा प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र समेत बुझाएका छन । ज्ञापन पत्रमा गरिव दलितलाई आवासको व्यवस्था हुनु पर्ने ,जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था ,आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारवाई गर्नु पर्ने ,आवास निर्माणमा भएको अनियमिततालाई छानवीन हुनु पर्ने , कमिशनमा भुतmानी गर्नेलाई कारवाई गर्नु पर्ने ,निर्माणधिन घरहरु छिटो पुरा गर्नु पर्ने ,दलित युवाहरुलाई सिप तथा रोजगारीको व्यवस्था गर्नु पर्ने माग गरेका छन । जिप्रकामा ज्ञापन पत्र बुझाउनुको साथै जनता आवासको कार्यालयमा घेराउ पनि गरका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.