Take a fresh look at your lifestyle.
npa 9 suchana

स्थानीय तहको निर्वाचन निष्पक्ष हुन नदिने षडयन्त्र

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २२ बैशाख ।
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीले स्थानीय तहको निर्वाचन निष्पक्ष हुन नदिने षडयन्त्र गरेको आरोप नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्षद्धारा प्रकाशित प्रेश विज्ञप्तिमा जनाएको छ ।
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बैशाख ३० गतेमा हुने स्थानिय तहको निर्वाचनका लागी विभिन्न किसिमको षडयन्त्र गरिरहेको नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर) द्धारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा उल्लेख गरेका छन ।
जिल्ला भित्र मतदान अधिकृतहरु नियुक्त गर्दा कुनै पनि कानुन वा मापदण्ड नअपनाइ प्रजिअको ठाडो निर्देशनमा खटाइएको तथा मतदान केन्द्र र मतगणना केन्द्र तोक्दा समेत मनोमानी ढगले पाँच दलिय गठबन्धनका नेताहरुको इशारामा अनावश्यक हस्तक्षेप गरि रहेको प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन गराउने सरकार तठस्थ भुमिकामा रही प्रतिपक्षलाई विश्वस्त पार्नुपर्ने ठाउँमा रौतहटका प्रजिअले प्रतिपक्षी दलका स्थानीय नेतालाई तर्साउने धम्काउने जस्ता गतिविधि गरिरहेको विज्ञप्तिमा छ ।
निर्वाचनको बेला सरकारी निकाय पूर्णत कामचलाउ भएर तठस्थ भुमिका निर्वाह गर्नुपर्नेमा नगरी षडयन्त्रको भुमिका निर्वाह गरी रहेको उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले आफुले कुनै दल वा व्यक्तिको प्रभाव दबावमा नपरेर सरकारले तोकेका कार्यक्षेत्रको अधिनमा बसेर निर्वाचन आयोगलाई निष्पक्ष काम गर्न दिएको बताएका छन ।
मतगणना स्थल मौलापुर नगरपालिकामा हुनु पर्छ भन्ने एमालेको चाहना हो । प्रमुख जिल्ला अधिकारी शाहीले भने । ६ दलले पथराको विद्यालयमा मतगणना गर्ने निर्णय गरे पछि निर्वाचन आयोगले निर्णय गर्ने हो ।
निर्वाचन आयोगले गर्ने काममा प्रजिअको भूमिका नहुने उनले बताए । हामीलाई शान्ती सुरक्षा प्रदान गर्ने काम हो । निर्वाचन आयोगले तोकेका मतदान केन्द्र र मतगणना स्थलको सम्पूर्ण सुरक्षाको जिम्मेवारी हाम्रो हो । नेकपा एमालेले लगाएको आरोपमा सत्यता नभएको र आफुले निष्पक्ष काम गरिरहेको उनले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.