Take a fresh look at your lifestyle.
npa 9 suchana

शान्ति पुर्ण आन्दोलनलाई सरकारले हस्तक्षेप गरियो भन्ने हतियार उठाउने–गजुरेल

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १६ बैशाष ।
नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले शान्ति पुर्ण आन्दोलनलाई सरकारले हस्तक्षेप गरियो भन्ने हतियार उठाउने बताएका छन ।
नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताउदै हाम्रो पार्टीले शान्ति पुर्ण आन्दोलनको माध्यमबाट व्यवस्था तथा अवस्था परिवर्तन गर्न उदेश्य राखेको बताए ।
शान्ति पुर्ण आन्दोलन गर्ने अधिकार अहिले खोसिएको छैन हामीले अहिले शान्ति पुर्ण आन्दोलन अन्तरर्गत स्थानीय निर्वाचनलाई वहिस्कार गरेको छौ उनले बताए ।
सचेत नेपालीको चिन्ताको विषय बनेको छ ।नेपाल असफल राष्ट्र हुने हो कि चिन्ता रहेको छ उनले भने । नेपालको सुचाँक हेर्ने हो भने सबै नकारात्मक छ । सरकारी आकडा अनुसार विदेशी मुद्रा छ महिना भित्रमा सकिने अनुमान छ उनले भने ।
विदेशी मुद्रा सके पछि श्रीलंकाको अवस्था हुने हो कि चिन्ता बनेको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य गजुरेलले बताए ।
देश असफल हुनेमा नेताहरुको हात रहेको बताए । प्राकृतिक सम्पदाको धनी देश नेपालको अवस्था दैनिय हुनु व्यवस्था बदलियो तर अवस्था नबदलिएको कारण रहेको स्पष्ट उदाहरण सहित उनले भने ।
जनताले चाहेको खण्डमा आमूल्य परिर्वतन हुन्छ त्यस पछि देश समृद्धि तर्फ विकास उन्मुख देश चिनाउने उनले बताए ।
निर्वाचनमा नो भोटको व्यवस्था नगरिएको प्रति आपति जनाउदै सदस्य गजुरेलले सर्वोच्य अदालतले ९ वर्ष अगाडी नो भोटको व्यवस्था गर्न फैसला गरे पति त्यो अनुसार लागू नभएको बताए ।
सरकारमा रहेका पार्टीहरुले डराएर नो भोटको व्यवस्था नगरेको आरोप लगाए । बहुमतको सरकार बन्छ तर नो भोटको बहुमत आयो भन्ने सरकार कसरी बनाउने डरले नेताहरुले नो भोटको विपक्षमा रहेको आरोप लगाए ।
२०५२ सालमा जनयुद्ध शुरुवात गर्दा जनगणतन्त्र परिकल्पना गरेको थियो तर पछि गएर संघिय लोकतान्त्रिक गणतन्त्रमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम भटराई साक्षी बने उनले भने ।
लोकतन्त्रमा सबैको अधिकार हुन्छ तर अहिले गठबन्धनको नाममा पाँच दलले धेरैको चुनाव लडने अधिकार खोसिएको छ भने ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.