Take a fresh look at your lifestyle.
npa 9 suchana

कटहरिया नपामा अजय प्रकाश ,इशनाथमा कौशलीया देवी र राजपुरमा मो राजिक आलम निर्वाचित

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ं७ जेठ ।
कटहरिया नगर पालिकामा नेपाली काग्रेसका मेयर उम्मेदवार अजय प्रकाश निर्वाचित भएको छ । उनले ७ हजार १७२ मत ल्याई निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले उम्मेदवार तथा निर्वतमान मेयर सिया राम कुशवाहाले ४ हजार ५७७ मत प्राप्त गरेको हो ।
उपमेयर पदमा नेकाका रिता देवीले ७ हजार ५२० मत ल्याई निर्वाचित भएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी एमाले कुन्ती देवीले ४ हजार ५३७ मत ल्याइएको छ ।
वडा न ५,७,८,९ नेका उम्मेदवार सर्फ लाल प्रसाद ,सहिद मियाँ धोवी , समिस विकास साह ,रुपेश कुमार यादव निर्वाचित भएका छन भने वडा न २, ३,४,६ नेकपा एमालेका उम्मेदवार हरिन्द्र साह ,श्यामाकान्त प्रसाद यादव , चन्दन कुशवाहा ,जय राम चैोधरी निर्वाचित भएका छन । वडा न १ मा नेकपा एकिकृत समाजवादी पार्टीका भुपेन्द्र महतो निर्वाचित भएको जनाइएको छ ।
यसै गरी इशनाथ नगर पालिकामा लोकतान्त्रिक पार्टीका मेयर उम्मेदवार कौशलीया देवीले ६ हजार २८२ मत प्राप्त गरी निर्वाचित भएकी छन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले सन्तोष कुमार मेहताले ५ हजार ३०७ मत प्राप्त गरेको छ ।
उपमेयर पदमा लोसपाका उम्मेदवार मो परवेज ले ५ हजार ७४९ मत प्राप्त गरी निर्वाचित भएको छ भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका हुसने आरा ५ हजार ९७ मत प्राप्त गरेकी छन ।
वडा न १ मा लोसपाका उम्मेदवार विगु साह ,वडा न २ मा धर्मेन्द्र साह , वडा न ३ मा रामचन्द्र राउत , वडा न ४ मा शत्रुधन सिह ,वडा न ५ मा एमालेका शेख निसार ,वडा न ६ मा नेकाका जवाहिर लाल साह , वडा न ७ मा एमालेका शेख खलीउल्लाह ,वडान ८ मा शेख खुसवादिन , वडा न ९ राम बाबु यादव निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसै गरी राजपुर नगर पालिकामा नेपाली काग्रेसका मेयर उम्मेदवार मो राजीक आलम निर्वाचित भएको छ । उनले ६ हजार ३३५ मत प्राप्त गरी निर्वाचित भएको छ भने उनका निकटतम प्रतिद्धन्द्धी जसपा मोहम्मद जैद आलमले ३ हजार ७५१ मत प्राप्त गरेको छ ।
उपमेयर पदमा नेकाका जमिल असगरीले ६ हजार २३९ मत प्राप्त गरी विजय भएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी जसपाका चिन्ता कुमारी कलवारले ३ हजार ६२९ मत प्राप्त गरेकी छन ।
वडान १ देखि ९ सम्म क्रमस माओवादीका शेख अमिरुलाह ,एसका सोना लाल पडित ,जसपाका शेख हसिन अख्तर ,नेकाका शेख अनसारुल , एमालेका कृष्ण ननदन राय ,नेकाका शेख मोसो आलम ,जसपाका इन्ताज शुसैन , नेकाका शेख सोयव र माओवादकिा शे नसरुल हक निर्वाचित भएको निवाृचन कार्यालयले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.