Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुरमा रिना कुमारी शाह निर्वाचित हुने सम्भावना परोहामा शेख वकिल निर्वाचित

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ४ जेठ ।
मौलापुर नगर पालिकामा नेकपा एमालेका उम्मेदवार रिना कुमारी शाहले ५ हजार ३६ मत प्राप्त गरी अग्र स्थान लिएका छन ।
वडा न १ देखि ८ सम्ममा मत गणनाको परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार शाहले ५ हजार ३५ मत प्राप्त गरेकी छन भने उनको प्रतिद्धन्द्धी गठनवन्धनका उम्मेदार राम प्रवेश राय यादवले २ हजार ८२२ मत प्राप्त गरेका छन ।
यसै गरी उप मेयर पदमा एमालेका उम्मेदवार नागेन्द्र प्र साहले ४ हजार ५०२ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन भने गठबनधनका उम्मेदवार रिना कुमारी शाहले ३ हजार १७७ मत प्राप्त गरेकी छन ।
वडा न १ मा माओवादीका उम्मेदवार जयनाथ कुशवाहा ८२८ मत प्राप्त गरी निर्वाचित भएको छ भने एमालेका उम्मेदवार बैधनाथ प्र साह पराजित भएको छ ।
वडा न २ मा एमालेका उम्मेदवार श्री भगवान राउतले ४८० मत प्राप्त गरी निर्वाचित भएको छ । माओवादीका उम्मेदवार सोनेलाल राउतले ४५२ मत प्राप्त गरी पराजित भएको छन ।
वडान ३ का एमाले उम्मेदवार महेश महतो कोइरी ४१२ मत प्राप्त गरी विजय भएको छ । वडान ४ मा एमालेका उम्मेदवार विर बहादुर शाहले ४२६ मत प्राप्त गरी विजय भएको छ ।
एमालेका उम्मेदवार वडा न ५ मा चन्द्र शेखर प्रसाद शाह विजय भएको हो । एसका उम्मेदवार वडा न ६ मा इश्वर दयाल प्रसाद यादव ६१६ मत प्राप्त गरी निर्वाचित भएको छ । वडा न ७ का एमाले उम्मेदवार राम पुकार साहले ४८४ मत पप्त गरी विजय भएको भने वडा न ९ मा श्याम किशोर साहले ४०५ मत प्राप्त गरी विजय भएको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
यसै गरी परोहा नगर पालिकामा नेपाली काग्रसका ेम्मेदवार शेख वकिलले ६ हजार ८२३ मत प्राप्त गरी विजय भएको छ भने निकटतम प्रतिद्धन्द्धी माओवदीका अरुण कुमार जयसवालले ४ हजार ५८६ मत प्राप्त गरी पराजित भएको छ ।
उममेयरमा नेकाका सुगान्धी देवीले ६ हजार १६५ मत प्राप्त गरी विजय भएकी छन भने निकटतम प्रतिद्धन्द्धी माओवादीका विणा कुमारीले ४ हजार ३५५ मत प्राप्त गरी पराजित भएका हुन । वडा न १,२,३,४,८ मा नेका का उम्मेदवार शेख समीउल्लाह ,सेराजुदिन ,महेश सिह ,जवाहर लाल राय यादव ,खेदु मुखिया निर्वाचित भएका छन । वडा न ५ माओवादी उम्मेदवार महम्मद समिम अन्सारी ,वडा न ६ मा एसका राम विलास प्र जवार ,वडा न ७ मा माओवादीका नागेन्द्र प्रसाद ,वडा न १ मा एमालेका मो कफिल अजुज निर्वाचित भएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.