Take a fresh look at your lifestyle.
npa 9 suchana

सामाजिक सञ्जालमा अपरिचित व्यक्तीहरूद्धारा पठाउने लिंक नखोल्न आग्रह

gadhimai nagar palika ko suchana
suchana gadhimai

दृष्टि सम्वाददाता रौतहट ३० भाद्र ।
नेपालमा सामाजिक सञ्जालको माध्यमबाट ठगिने क्रम बढेकोले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालमा ठगिनेक्रम बढ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सूचना नै निकालेर सजग रहन भनेको छ । प्राधिकरणले सामाजिक सञ्जाल भाइबर, म्यासेन्जर, ह्वाट्सएप र वीच्याट लगायतका एपमार्फत आउने अपरिचितको म्यासेज लिंक नखोल्ने भनेको छ । ‘राष्ट्रिय झण्डा तथा प्राधिकरण र सेवाप्रदायकको लोगो दूरुपयोग गरेर पुरस्कार परेको भन्दै म्यासेज आउनेक्रम बढ्दो छ,’ प्राधिकरणले भनेको छ, ‘यसरी प्रलोभनमा पार्नेगरी अपरिचितको सम्पर्कमा पुगेर आफ्नो विवरण नपठाउनुहोस् ।’ आफ्नो नाम, नम्बर र बैंक एकाउन्ट नम्बर पठाउँदा उपभोक्ता ठगिनेक्रम बढेको प्राधिकरणको भनाइ छ । सोहीकारण, सामाजिक सञ्जालमा अपरिचित व्यक्तीहरूले पठाउने लिंक नखोल्न र आफ्नो विवरण नपठाउन प्राधिकरणले अनुरोध गरेको हो । यसै गरी भारतमा पनि ठगिने क्रम बढेको छ । सामाजिक सञ्जालमा ठगिने क्रम बढ्न थालेको भारतीयवासीले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.