Take a fresh look at your lifestyle.
npa 9 suchana

मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ गोरखा पत्र दैनिकका नायव कार्यकारी सम्पादक मिश्रलाई प्रदान

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २४ भाद्र ।
मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ गोरखा पत्र दैनिकका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएको छ । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ का प्रमुख अतिथि एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पत्रकारिता समाजका परिवर्तनका लागी गर्नु पर्ने आजको आवश्यकता रहेको बताएका छन । उनले पत्रकारितालाई प्रभावकारी बनाउन सत्य तथ्य समाचार प्रकाशन गर्न आग्रह गरे । सोही अवसरमा एकिकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले २५ हजारको पुरस्कार राशी सहित प्रमाण पत्र गोरखा पत्र दैनिकका नायव कार्यकारी सम्पादक मिश्रलाई प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा स्वागत मन्तव्य महासघका केन्द्रिय सदस्य शिवपुरीले गरेका थिए । गत वर्ष कोरोनाको कहरबाट मधेश मसाला एफ एमका संचालक मनोज चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो । यसै गरी आज एकिकृत सरकारी कर्मचारी केन्द्रिय कार्यालय काठमाण्डौको आयोजनामा निःशुल्क वृहत स्वास्थ्य शिविरको उदघाटन एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका थिए । आठ वजे उदघाटनको समयावधि तोकिए तापनि १ वजे उदघाटन उनले गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.