दृष्टि सम्वाददाता काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँ र भक्तपुर क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा उक्त शिविर भदौ २७ र २८ गते चन्द्रपुर सरकारी अस्पतालमा सम्पन्न गरिएको हो । शिविरमा महिनाहरुको पाठेघरको मुखको क्यान्सर, महिनावारी समस्या र उच्च रक्तचाप जस्ता महिला सम्बन्धी रोगको निःशुल्क परीक्षण र आवश्यक औषधि वितरण गरिएको थियो । परोपकार प्रसुति अस्पतालका डा. अश्विनीकुमार गुप्ता, डा. विजय रानाभाट र भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अफिसर डा. रक्षा अर्याल, नर्सिङ सुपरभाइजर लक्ष्मीकेशरी श्रेष्ठ र सिनियर सिस्टर रिता श्रेष्ठ अमात्यबाट परीक्षण गरिएको थियो । उक्त शिविरबाट सयौं महिला लाभान्वित भएका छन् । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने एकीकृत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments