Take a fresh look at your lifestyle.
npa 9 suchana

आवश्यक कारवाहीको लागी २७० बोरा चामल पथलैया चलान ।

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २३ माघ ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी विभिन्न ब्राण्डका चामलहरु लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरी राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय, रौतहटबाट प्रहरी टोली खटी गई खानतलासी गर्दा आइतवार साझ ४ बजेको समयमा बरामद गरेको जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादवले बताए ।
गौर नगरपालिका वडा नं.५ मा रहेको विष्णु मिश्राको दुई तल्ले पक्की घरको भुई तल्लामा सोही.वडा नं.८ वासी हरेराम साह र नन्दलाल साह समेतले संचालन गरेको नन्दलाल चामल, चिउरा भुजा पसलको पछाडी रहेको गोदाममा चामल फेला परेको उपरिक्षक यादवले बताए ।
खानतलासी गर्दा गोदाममा विभिन्न ब्राण्डको २५ किलो तौल भएको प्रति बोरा एक हजार आठ सय दरको २७० बोराको अं.मुल्य चार लाख छयासी हजार बराबरको चामल स्टोर गरी राखेको अवस्थामा फेला पारीएको जनाएको छ । विल विजक माग गर्दा देखाउन नसकेकोले चामलको बोराहरु बरामद गरी आवश्यक कारवाहीको लागि आज सोमवार राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाईएको प्रहरी नायव उपरिक्षक यादवले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.