Take a fresh look at your lifestyle.
npa 9 suchana

वृन्दावन नगर पालिकामा व्यापक अनियमितता , झड़प हुँदा ६ जना घाइते, ।

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट, २९ माघ वृन्दावन नगर पालिकाका मेयर विनोद प्रसाद कुर्मीले विभिन्न शिर्षकमा अनियमितता गरी रहको आरोप नेकपा एमाले मेयर प्रत्यासी प्रेमशकर यादवले लगाएका छन । दैनिक हाजिर डोर खडा गरी महिनाको ३० लाख हिनामिना गरी रहेको नेकपा एमालेका नेता यादवले बताएका हुन । नगर पालिकामा खासै इन्धन खर्च हुने अवस्था नरहे पनि मासिक १५ लाख सम्म इन्धन खर्च गरी भ्रष्टाचार गरेको आरोप यादवले लगाएका छन । नदीको बालुवा गिटी टेन्डरद्धारा ठेक्का लगाउनु पर्नेमा आफनै छोरा भतिजोबाट अमान्तबाट रकम उठाइ हिनामिना गरी रहेको उनले उदाहरण सहित भने । १ लाख २० हजार सम्म दैनिक अमान्तबाट रकम असुल गरे पनि थोरै मात्रामा रकम दाखिाला हुने गरेको अशंका यादवले व्यतm गरेका छन । २ करोड रकम शिक्षा संयोजक तथा स्टोर किपरको नाउँमा पेश्की दिई अनियमितता गरेको उनले बताए । वृन्दावन नगर पालिकाका मेयर विनोद प्रसाद कुर्मीले १५ दिन अगाडी १ करोड ५१ लाखमा सरोजनीको नाममा जग्गा चन्द्रपुरमा खरिद गरेको नेकपा एमाले नेता यादवले बताउदै बन्द भएको चिम्नी कसरी संचालनमा आएको ,निजको खेतवारी बन्धकले लिलाम भइ रहेकोले एन आइसी बैकमा ४० लाख रुपैया जम्मा कहाँबाट गरेको प्रश्न गर्दै उनले नगर पालिकाको रकम नै प्रयोग गर्दै आएको यादवले आरोप लगाएका छन । यसै गरी वृन्दावन नगरपालिका वडा नम्बर १ रमौली घाटमा झड़प हुँदा ६ जना घाइते भएका छन । नदि जन्य बस्तु उत्खन्नको लागि ठेक्का गर्नु पर्ने बिषयमा नेपाली कांग्रेस र सत्ता पक्ष नेकपा एकिकृत समाजबादीको समर्थक बीच भएको झड़पमा परि २ जना कांग्रेसका कार्यकर्ता र ४ जना नगरपालिकाका कर्मचारी घाइते भएका हुन । झड़पमा परि घाइते हुनेमा कर्मचारीहरु दिलिप पटेल, जय प्रकाश सहनी, राम नारायण पटेल, रामबिनय पटेल तथा कांग्रेसका समर्थक बिरेन्द्र यादव र राम पुकार साह रहेको जनाएको छ । बागमती नदीको रमौली घाटबाट नदीजन्य पदार्थ ढुंगा, बालुवा तथा गिट्टि उत्खन्न गर्न ठेक्का नलगाइ मेयर कुर्मीले आफनो छोरा भतिजलाई अमान्तमा कर असुली गर्न लागाउदा पुर्व नगर प्रमुख राम स्नेही यादव, वडा अध्यक्ष श्याम नन्दन यादव, एमालेका प्रेम शंकर यादव, राम प्रसाद पटेल, सिकिन्दर पटेल मिलेर रोक्क लगाए पछि विाद विवाद भएको थियो । कुर्मी सँग सम्पर्क गर्दा आरोप झुठा हो बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.