Take a fresh look at your lifestyle.
npa 9 suchana

विशुद्ध रुपमा पत्रकारिता गर्न आग्रह –अध्यक्ष यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट, २८ वैशाख ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले विशुद्ध रुपमा पत्रकारिता गर्न आग्रह गरेका छन ।
श्रीमति रामा यादव स्मृति प्रतिष्ठानद्धारा आयोजित रामा यादव स्मृति पत्रकारिता पुरस्कार कार्यक्रमलाई यादवले सम्बोधन गर्दै उतm कुरा बताउदै विभिन्न पेशमा रहेका पत्रकारहरुले एक पेशा अगाल्न उनले भने । पत्रकारिता मा रहेका विकृति विसंतिलाई हटाउन र नियन्त्रण गर्न जरुरी रहेको अध्यक्ष यादवले बताए ।
प्राधिकरणबाट १५० महिला पत्रकारलाई स्वास्थ्य विमा गराएको छु भने आउदो दिनमा मधेश प्रदेशका सम्पुर्ण पत्रकारलाई स्वास्थ्य विमा गर्ने उदेश्य रहेको उनले भने ।
कर्मचारीको अभावले धेरै समस्या भोग्दै आएको बताए । प्रत्येक कार्यक्रमलाई अर्थ मन्त्रालयबाट स्वीकृत लिनु पर्ने झन्झटिलो तथा लामो प्रक्रृयाका कारण समयमा काम गर्न कठिनाई भइ रहेको बताउदै अध्यक्ष यादवले आफु रहुन्जेल सम्म सक्दो कार्य गर्ने प्रतिवद्धता जनाएका थिए ।
जोखिम सहेर पनि पत्रकारिता गर्दै आएका कतिपय संचारकर्मीहरुले ज्यान गुमाउनु परेको दुखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई दुर गन गरेका प्रयास ले संचारकर्मीहरुका लागि रामा यादव स्मृति पत्रकारिता पुरस्कार राम्रो अवसर प्रदान गरेको चर्चा गरे ।
उनले पत्रकारिता पेशा समाज प्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरितीहरुलाई हटाउदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न सम्पूर्ण संचारकर्मीहरु संग आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संचारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेको हुँदा सत्य, तथ्यलाई ख्याल गर्दै रिर्पोटिंग गर्न आग्रह गरे ।
रामा यादव स्मृति प्रतिष्ठानका संयोजक जयप्रकाश यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा, वरिष्ठ पत्रकार प्रभातकुमार झाले आम संचारकर्मीहरुले भोग्नु परेको पीडालाई पोख्दै कोभिड कालको समयमा भएको क्षतिहरुको हाल सम्म राज्यबाट उचित सम्बोधन हुन नसकेको बताए । पत्रकारले गर्नुपर्ने काम कत्र्तव्यलाई बुझेर मात्रै पत्रकारिता गर्नुपर्ने धारणा राखेका थिए । फेसबुके पत्रकारिताको नगर्न सुझाव दिदै स्पष्ट पारेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना

सो कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरिक्षक विरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रविण शर्मा, सचिव मदन ठाकुर, दिनेश यादव, राकेश यादव, किशोरी यादव, चञ्चल झा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
रेड टेलिभिजनकी संस्थापक स्वर्गीय श्रीमती रामा देवी यादवको पूण्यतीथिको अवसरमा प्रदान गरिने “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट प्राईम टेलिभिजनका संचारकर्मी सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संयुक्त रुपमा कार्कीलाई उक्त पुरस्कारको राशी र प्रमाण पत्र प्रदान गरेको थियो ।
यसैगरी रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पोखराको पत्रकार अनिषा जयन्ती श्रेष्ठलाई आजै उक्त कार्यक्रममा नगद प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रेड टेलिभिजनका संयोजक जयप्रकाश यादवले जानकारी दिए ।
२६ हजार ५ रुपैया राशीको उक्त पत्रकारिता पुरस्कार स्वास्थ्य क्षेत्रमा रहेका विकृति एवं विसंगति हटाउनमा कलम चलाउने महिला पत्रकारलाई पुरस्कृत गर्दै आएको बताइएको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.