

, रौतहट ३० बैशाख ।
जिल्ला प्रशासन कार्यालय रौतहटले निशुल्क राहदानी तथा राष्ट्रिय परिचय पत्र फाराम भर्ने भएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखी जेठ १ गतेबाट निशुल्क रुपमा फाराम भर्ने व्यवस्था मिलाइएको जिप्रका रौतहटले जनाएको छ ।
राहदानी तथा राष्ट्रिय परिचय पत्र फाराम भर्ने बहानामा सेवाग्रहीबाट विभिन्न व्यतिm तथा फर्महरुले अस्वाभाविक शुल्क लिई अनलाइन फाराम भरेको भनी जनगुनासो आएको हुदाँ सेवाग्रहीहरुको सुविधाका लागी कार्यालयबाट नै फाराम निशुल्क भर्ने व्यवस्था भएको बताइएको छ ।
शुल्क लिई कुनै व्यतिm वा फर्महरुले राहदानी तथा राष्ट्रिय परिचय पत्र फाराम नभर्न नभराउन समेत जिप्रकाले अनुरोध गरेको छ । सुचनाको बर्खिलाप हुने गरी कोही कसैले शुल्क लिएर अनलाइन फाराम भरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोराको जानकारी गराइएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए ।