Take a fresh look at your lifestyle.
npa 9 suchana

हर्ट अटेकबाट मृत्यु भएका परिवारजनलाई उपमेयरद्धारा फसाई दिने धम्की

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट, ११ जेठ । इशनाथ नगरपालिकामा हर्ट अटेकबाट मृत्यु भएका व्यक्तिको लाश माथि उपमेयरले विभिन्न आरोप लगाउदै पिडितलाई नै फसाउने राजनीति गरेको आरोप पीडित परिवारले लगाएका छन । पिडित परिवारद्धारा विहिवार नेपाल पत्रकार महासंघ गौरमा पत्रकार सम्मेलन गरी छोरी सुनिताले भनिन, उपमेयर प्रवेज आलमले जबरजस्ती घरमा झुण्डिएर मरेको भन्दै प्रहरीमा खवर गरिदियो उनले भनिन । घरका पुरुष व्यक्तिहरु बुवाको उपचार गराउन गौर आएका थिए ।
इशनाथ नगरपालिका वडा नम्वर ५ लक्ष्मीनिया गाउँका ४६ बर्षिय शुकदेव महतो गत जेठ ४ गते भिण्डी टिप्न बारीमा गएको वेला अचानक लडेर मुर्छित भएपछि हतारहतारमा गाउँकै जिपमा राखेर उपचारको लागि गौर ल्याउदै गर्दा जीप चालकलाई गाउँकै कसैले फोन गरेपछि गौर आउन मानेका थिएन । बाटोमै रोकेपछि बैंट्रीबाट चल्ने टेम्पुमा राखेर अस्पताल ल्याए पछि उनको मृत्यु भईसकेको थियो ।
हर्ट अटैक भएर महतोको मृत्यु भएको मृतककी छोरी सुनिता देवीले बताईन । आफूलाई संचारकर्मी भनाउने एमडी मोजिबुल्लाहले समाजिक संजालमा इशनाथ नगरपालिका वाड नम्वर ५ मा एक युवकले फासो लगाई जान गुमाएको छ युवकको घर परिवारले फासो कोरसी काटी भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको अनर्गल स्टाटस राखेपछि हामीहरु थप पिडामा परेका पिडित परिवारजनले बताए । भिण्डी टिप्ने क्रममा हर्ट अटैक हुँदा बारीमा लडेकालाई उपचार गराउन सम्पूर्ण सदस्यहरु गौर गएको थियो ।
यस्ता भ्रामक स्टाटस लेखेर भ्रम सृजना गर्ने, सामाजिक द्धन्द खडा गर्ने, सरस्वती पुजाको वेलामा गरिने व्यवहार अहिले आएर लाश माथि राजनीति गर्ने एमडी मोजिबुल्लाह, उपमेयर प्रवेज आलम सहितका व्यक्तिहरु विरुद्ध कडा भन्दा कडा कारवाही सम्बन्धीत निकायले गर्नुपर्ने माग गरेका छन । कारवाई नभए बाध्य भएर सडक संघर्षमा उत्रिन बाध्य हुने मृतकको भतिजी अनिता देवीले चेतावनी दिइन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.