

,रौतहट १० जेठ ,
माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले आफ्नो निजि ५ कठा जग्गा दान गरेका छन । नगरपालिकाको आफ्नै भवन निर्माणका लागि नगरप्रमुख यादवले सो जग्गा दान गरिएको हो , नगरपालिकाको आफ्नै भवन हुन्छ भनी चुनावी प्रतिवद्धता अनुसार नगरप्रमुख यादवले सो जग्गा दान गरेका हुन । माधवनारायण नगरपालिका वडा न. ६ माधोपुर स्वास्थ्य चौकी र मठको नजिक मेन रोडमा रहेको जग्गा नगरप्रमुख यादवले दान गरेको प्रती नगरवासीहरु खुशी व्यक्त गरेका छ्न , सो जग्गामा नगरपालिकाको भवन निर्माणको कार्य सक्दो छिटो सुरु गरिने नगरप्रमुख यादवले जानकारी दिएका छन ।