

, रौतहट, ११ जेठ ।
राष्ट्रिय महिला आयोगको आयोजनामा “समाजमा विद्यमान हानिकारक अभ्यासहरु दाइजो प्रथा, तिलक, वालविवाह, बोक्सी आरोप” सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कार्यपत्र प्रस्तुत गर्दै हाम्रो समाजमा विद्यमान रहेका परम्परागत, कुरुतीहरुलाई निर्मूल पार्न जनचेतना हुनु अति नै आवश्यक रहेको बताए । उनले ऐनकानुन, चुनौती र समाधानको उपाय वारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भुकुमार सिंह, मौलापुरको नगरप्रमुख रिनाकुमारी साह,, राजदेवी नगर पालिकाका मेयर भिखारी राय यादव , महिला अधिकारकर्मी, समाजसेवी, महिला लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुद्धारा समाजिक कुरुतीलाई निर्मुल पार्नमा सबैले सकारात्मक भुमिका निर्वाह गरे मात्र सम्भव हुने बताएका थिए ।
महिला आयोगको माननीय सदस्य विद्याकुमारी सिन्हाले दाइजो प्रथा, बालविवाह र घरेलु हिंसाको शिकार बनिरहेको समाजलाई परिवर्तन गरेर राष्ट्रको मुलधारमा समाहित भई उनीहरुलाई हक अधिकार जागरुक गराउनु पर्ने आवश्यकता वारे स्पष्ट धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादवले कानुनले २० वर्ष पुगे पछि विवाह गर्न कानुनी प्रावधान राखे पछि १२ वर्षका केटी केटीहरु भागेर विवाह गर्ने चलन लाई कसरी राक्ने भने प्रश्न गरेका थिए ।