दुर्गा भगवती गाउँ पालिकाका वडा अध्यक्ष चौधरीद्धारा उपभोक्ता समिति गठनमा अनियमितता पालिका अध्यक्ष सिहको आग्रहमा वडावासीहरुद्धारा तालाबन्दी खोले
दुर्गा भगवती गाउँ पालिकाका वडा अध्यक्ष चौधरीद्धारा उपभोक्ता समिति गठनमा अनियमितता पालिका अध्यक्ष सिहको आग्रहमा वडावासीहरुद्धारा तालाबन्दी खोले
रौतहट ५ असार ।
दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष शम्भु कुमार सिहको आग्रहमा वडावासीहरुले आज तालाबन्दी खोलेका छन । उपभोक्ता समितिमा भएका अनियमिततालाई न्यायपुर्वक सम्बोधन हुने प्रतिवद्धता अध्यक्ष सिहले जनाए पनि तालाबन्दी खुलेका हुन ।
दुर्गा भगवती गाउँ पालिकाका वडा न ५ का वडा अध्यक्ष धर्मनाथ चौधरीले उपभोक्ता समितिको गठनमा व्यापक अनियमितता गरेको कारण वडावासीहरुले वडा कार्यालयमा आज विहान १० बजे देखि तालाबन्दी गरेका थिए ।
तालाबन्दी भएको खबर दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष सिहले थाहा पाए पछि वडा कार्यालय बडहर्वामा पुगी वास्तविक तथा सत्य तथ्य प्रमाण हेरी न्यायपुर्वक सम्बोधन हुने भने पछि वडावासीहरुले तालाबन्दी खोलेका थिए ।
सार्वजनिक सूचना प्रकाशन गरी प्रत्यक्ष लाभ हासिल गर्ने घर परिवारबाट ,मधेश प्रदेश सरकारबाट स्वीकृत उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० मा व्यवस्था भए बमोजिम तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा ९७ मा व्यवस्था भए अनुसार गठन गर्नु पर्नेमा प्रदेश साँसद नागेन्द्र शाह , नबल चौधरी वडा अध्यक्ष धर्मनाथ चौधरी लगायतले वडा सचिव कार्यालयमा नभएको बेलामा दर्ता चलानी केरमेट गरी अर्काको दर्ता आफनो दर्ता चढाइ तथा अरुको चलानी नम्बरमा आफनो चलानी चढाई गोप्य तरिकाबाट उपभोक्ता समिति गठन गरी पुर्वाधार विकास कार्यालय रौतहटमा पठाइएको विरोधमा वडावासीहरुले वडा कार्यालय तथा वडा सचिवको कोठामा तालाबन्दी गरेका थिए ।
पूर्वाधार विकास कार्यालय रौतहटले मधेश प्रदेश सरकारबाट पुँजीगत तर्फ कार्यक्रमबाट भरत रायको घर देखि राम लक्षण राय को घर सम्म सडकमा माटो पुरी ग्रेभल कार्यको लागी २५ लाख , अश्विनी चौधरीको जग्गा देखि हदिस सेखको जग्गा सम्म ढलान सडक निर्माण को लागी १५ लाख र रामअश्रे रायको जग्गा देखि पाकर चौक सम्म सडकमा माटो पुरी ग्रेभल कार्यको लागी २५ लाख वजेट विनियोजन गरेको छ ।