

दुर्गा भगवती गापाका अध्यक्ष सिह द्धारा विपन्न परिवारहरुलाई आर्थिक सहयोग
, रौतहट ५ असार ।
दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष शम्भु कुमार सिहले आ.व २०८०।०८१ मा प्रत्येक वडामा रहेका विपन्न परिवारहरुलाई आर्थिक सहयोग गर्दै आइ रहेका छन ।
चुनावी घोषणा अनुरुप विपन्न परिवारमा रहेका रोगीहरुलाई ,गरिव जेहनदार परिवारको छोरी विवाह , दिर्घ रोगी , आर्थिक अभावमा उपचार गराउन नसकिने घर परिवारहरुलाई आर्थिक सहयोग गर्दै आइ रहेको दुर्गा भगवती गाउँ पालिकाका तथ्याँकले जनाएको छ ।
पिडित परिवारलाई ५ हजार देखि २० हजार सम्म आर्थिक सहयोग हुने गरेको वडा सचिव राजेश साहले बताएका छन ।
वडा न १ देखि वडा न ५ सम्ममा आ.व २०८० साउन देखि २०८१ जेठ महिना सम्ममा करिव ५ सय जनालाई आर्थिक सहयोग गरिएको पालिकाले जनाएको छ ।
आज बुधवार पनि एक जना रोगीलाई गापा अध्यक्ष सिहले ६ हजारको चेक हस्तान्त्ररण गरेका छन । उपचार गराउन असमर्थ रहेकोले उपचार गराउन आर्थिक सहयोग गरेको अध्यक्ष सिहले बताए । पालिकामा वजेट अभावका कारण ६ हजार मात्र सहयोग गरेको उनले थपमा भने ।