

चुकी,अमान र ओम साईको आडमा शिवशक्तिद्धारा लाखौ राजश्व छली ।
,रौतहट ४ अषाढ ।
शिवशक्ति ईम्पोरियम गौरले बर्षेनी लाखौ रकम राजश्व छल्दै आएको छ । इम्पोरिममा ग्राहकले समान खरिद गर्दा बिल नदिई बर्षेनी लाखौ रकम राजश्व हिनामिना गर्दै आएको छ । बिल नदिई राजश्व छल्दै आएको शिवशक्ति ईम्पोरियम गौरले जनप्रतिनिधीहरु संग मिलेर ब्यापक अनियमितता गर्दै आएको रहस्य बाहिरीएको छ ।
महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आ.व ०७९।०८० को लेखापरिक्षणको रिपोर्टले शिवशक्तिले रौतहट जिल्लाका अधिकांश स्थानिय तहमा गरेको सैदान्तिक अनियमितताको पोल खोलेको छ ।
तिन वटा आफ्नै व्यापारीक फर्म बाट कोटेशन पेश गरी दर रेटलाई क्रमिक रुपमा घटि र बढि बनाई पेश गरी कोटेशनमा साडि लगायत सामान बिक्री गर्ने गरेको रहस्य बाहिरीएको हो ।
सार्वजनिक खरिद ऐनमा भएको व्यवस्था अनुसार एउटा व्यापारीक फर्मले एक विक्रेता संग वर्षमा एउटा कोटेशन बढिमा १० लाख सम्म कारोबार गर्न सक्ने प्रावधान रहेको छ ।
शिवशक्ती ईम्पोरियमका संचालकले झोलामा रहेको आफ्नै फर्म अमान टे«डर्स, चुकि ईन्टरप्राईजेज र ओम साई जनरल एण्ड अर्डर सप्लायर्स बाट सार्वजनिक खरिद ऐन विपरीत एउटै स्थानिय तहमा १० लाख रकम बराबरको दुई देखि तिन वटा सम्म भुक्तानी लिएको महालेखाको प्रतिवेदनमा देखिएको छ ।
त्यस्तै केहि स्थानिय तहमा सोहि बिक्रेताले नियम विपरीत करिब २० लाख बराबरको समेत भुक्तानी लिएको पाईएको छ । शिवशक्ती ईम्पोरियमले आफ्ना झोले फर्महरु मार्फत स्थानिय तहमा सप्लाई गरेको सो परिमाणको साडि संख्यामा समेत ठुल्लो चुहावट रहेको स्रोत बाट बुझिएको छ ।
भारत बाट भंसार छली गरी ल्याईएको कम मुल्यका सुति साडि लाई यी फर्मको माध्यम बाट १५ सय देखि २ हजार सम्म बिल बनाई स्थानिय तहका जनप्रतिनिधी, प्रमुख प्रशासकिय अधिकृत, लेखा र स्टोरका कर्मचारीलाई मिलाई भुक्तानी लिईएको बुझिएको छ ।
त्यस्तै भ्याटको हिसाब मिलान गर्न शिवशक्तिले विभिन्न अलग अलग व्यापारीहरु संग फर्जि बिल समेत खरिद गर्ने गरेको बुझिन आएको छ ।
शिवशक्तिले विगतमा पनि यस्तै फर्जी बिल खरिद गर्ने कार्य गरी नेपाल सरकारको करोडौं रुपैया राजस्व क्षती पुरयाएको भनी सो फर्म उपर राजस्व अनुसंधान कार्यालय बाट ४ करोड ३६ लाख जरीवाना सहितको मुद्धा अदालतमा दर्ता हुने प्रक्रियामा रहेको थाहा हुन आएको छ ।