,रौतहट, ४ भदौं । रौतहट का सदरमुकाम गौरमा राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन भएको छ ।
गौर नगरपालिका वडा नम्वर २का जुद्ध माध्यमिक विद्यालयको दलित छात्राबास भवनमा राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसलाई आज एक समारोहका बीच राजर्षीजनक विश्वविद्यालयका उपकुलपति अमर यादवले उदघाटन गरेका छ्न ।
उदघाटन भएका पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र देखि बिएससी कृषि र बिबिए संकाय तर्फ अध्ययन अध्यापन सुरु गरिने भएको बताइएको छ ।
गौर नगरपालिकाको विशेष पहलमा तथा आर्थिक सहयोगमा राजर्षीजनक विश्वविद्यालयले गौर जस्तो स्थानमा बहमुखी क्याम्पसको संचालन हुने भए पछि रौतहट जिल्लाभरीका जनताहरुलाई बाहिर गएर अध्ययन अध्यापन गरिने बाध्यता को अन्त भएको वक्ताहरुले बताए का छ्न ।
राजर्षीजनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले विश्वविद्यालय मधेश प्रदेशमा स्थापना भए देखि नै आठ वटै जिल्लामा प्राविधिक तर्फका बहुमुखी क्याम्पसहरु संचालनमा ल्याउने योजना अनुरुप गौर नगरपालिकाले जग्गा र घर उपलब्ध गराएपछि यहाँ यसै शैक्षिक सत्रबाट दुई वटा विषयमा अध्ययन अध्यापन सुरु गरिने बताए ।
मधेशका जिल्लाहरुमा पछाडी परेका रौतहट जिल्लाको गौरमा विएससी कृषि र विविए संकायको अध्यापन सुरु गरिदा कोटाको ३० प्रतिशत छात्रवृति दिइने जानकारि गराइएको छ । जसमध्ये १० प्रतिशत जेहन्दार तथा २० प्रतिशत विभिन्न जातजाती कोटालाई आरक्षित गरिएको उनले भने ।
राजर्षीजनक विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहले गौर जस्तो स्थानमा नगरप्रमुखले जग्गा उपलब्ध गराएर क्याम्पस संचालन ल्याउने चासो लिए को ले उनले खुशी व्यक्त गरे ।
गौर नगरप्रमुख शम्भु साहले नगरवासीको चाहना एवं रौतहटवासीको स्नेह तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको साथ सहयोगको कारण सदरमुकाम गौरमा बहुमुखी क्याम्पस संचालन आएको बताए । नगरपालिकाको आर्थिक सहयोग तथा भौतिक पूर्वाधार सहयोगका कारण यसै बर्ष देखि दुई वटा संकाय संचालनमा ल्याउन पाउदा निकै खुशी लागेको बताउदै नगरवासीको साथ र सहयोग रहीरहेमा गौरलाई मधेश प्रदेशमै नमूना बनाउने प्रतिबद्धता जनाए ।
नगरप्रमुख साहको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक घनश्याम ठाकुर, जेष्ठ नागरिक संघका अध्यक्ष एवं शिक्षक विजयकिशोर झा, राजनीतिकर्मी अनिल सिंह, शिक्षक विन्दासाहनी,नेपाल पत्रकार महासघ का प्रेम चन्द्र झा लगायतका समाजसेवी बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत भाषण गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले गरेका थिए भने कार्यक्रमको संचालन गौर नपा वडा नम्वर ९ का अध्यक्ष तथा प्रवक्ता अर्जुन सिंहले गरेको थियो ।
You sent
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
अर्को
- प्रतिक्रिया
- Facebook Comments