

अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको सर–सामान बरामद,
रौतहट ७ कार्तिक ।
अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा अं. मुल्य रु. एक लाख बाईस हजार बरावरको धान, केराउ र बि आर ०१ एफ वाई ३२०९ नं. को स्कारपियो गाडी सहित गौर भन्सार चलान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अं.मुल्य पैतिस लाख बि आर ०१ एफ वाई ३२०९ नं. को स्कारपियो मूल्याँकन गरी जम्मा मुल्य रु.छतिस लाख बाईस हजार बरावरको धान, केराउ र बेवारिसे अवस्थामा फेला परेको जिप्रका रौतहटका सूचना अधिकारी दिपक कुमार रायले बताएका छन ।
मंगलवार जिप्रका रौतहटका प्रहरी तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा अं. मुल्य एक लाख बाईस हजार बरावरको धान, केराउ रहेको बताइएको छ ।
बि आर ०१ एफ वाई ३२०९ नं. को स्कारपियो गाडीको अं.मुल्य रु.पैतिस लाख कायम गरी जम्मा मुल्य रु छतिस लाख बाईस हजार बरावरको धान, केराउ र बेवारिसे अवस्थामा फेला परेको स्कारपियो गाडी समेतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा चलान गरेको जिप्रकाका सूचना अधिकारी रायले बताए ।