

एक थान बन्दुक बरामद
, रौतहट ७ कार्तिक ।
प्रहरीले एक थान बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सोमवार करिव ८ः५५ बजेको समयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा चन्द्रपुर नगरपालिका वडा नं. ८ बस्तिपुर गाउँ नजिकमा पुग्दा प्रहरी टोलीलाई देख्ना साथ अपरिचित्त व्यक्तिले ल्याएको १ (एक) नाले बन्दुक बाटो छेउमा फाली भागी फरार भएकोले जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले बताएका छन । बन्दुक ई.प्र.का. चन्द्रनिगाहपुरमा ल्याई थप अनुसन्धानको लागी मानिस पहिचान तथा खोज तलास भइरहेको प्रहरी नायव उपरिक्षक रायले बताए ।