Take a fresh look at your lifestyle.
npa 9 suchana

सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी

gadhimai nagar palika ko suchana
suchana gadhimai

सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
, रौतहट ७ कार्तिक ।
सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी भइ रहेको छ । रौतहट जिल्लाको सिमाना सँग जोडिएको भारतीय बजार बैरगनीयाबाट नक्कली सुनचाँदीका गर गहनाहरु , टका लागेको सुन चाँदीका गर गहनाहरु ,ल्याइ ब्यापक रुपमा ठगी भइ रहेको एक जना सुनचाँदी व्यवसायीले बताएका छन ।
चाँदीका गर गहनाहरु कालो नहुने ,सुन का गर गहनाहरु कालो नहुने भनी एक वर्ष देखि ५ वर्ष सम्मका ग्यारेन्टी दिई सुन चाँदीका विक्रेताहरुले उपभोक्ताहरुलाई ठगी गर्दै आइ रहेका छन ।
सुन चाँदीका गर गहनाहरु पनि भारतीय बजारबाट सस्तो मूल्यमा ल्याई नेपालमा महगो मूल्यमा विक्री गरी राजश्व तथा उपभोक्तालाई ठगिदै आए पनि सम्बन्धित निकाय मौन रहेका छन ।
भारतीय ब्यापारीहरुले नेपालमा पसल खोली अवैध कारोवार गरी रहेको थाहा हुन आएको छ । नेपालमा पसल खोल्न कर सेवा केन्द्रमा दर्ता गराउनु पर्ने प्रवधान समेतलाई पनि भारतीय ब्यापारीहरुले छल गरी दर्ता गराउने गरेको बताइएको छ ।
नेपालीको नाउँमा पसल दर्ता गराउने तथा ब्यापार भारतीयले गर्नै गरेको छ । नेपालीको नाउँमा पसल दर्ता गराए वापत महिनाको ३ हजार देखि ५ हजार भारतीय ब्यापारीले तिर्ने गरेको थाहा हुन आएको छ । नेपाल सरकारद्धारा प्राप्त भएको सुन चाँदी भन्दा बढीको कारोवार ब्यापारीहरुले गर्ने गरेको समाचारश्रोतले बताइएको छ ।
अवैध सुन चाँदी रौतहटका ब्यापारीहरुले खरिद गरी विक्री गरी रहेको जानकारहरुले बताउँछन । अहिले चाड पर्वको बेलामा भारतीय सुन चाँदीको पाइ रहेको छ ।
यसै गरी भारतबाट ३÷४ जना महिलाहरुको समूहले रौतहटको विभिन्न गाँउहरु सर्व साधारणलाई ठगी गरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टी लगायतका अन्य गाँउहरुमा गई महिला ,आमा , दिदीबहिनीहरुलाई विभिन्न प्रलोभन देखाई पायल दिदाँ एक दिन पछि पायल र थपमा राइस कुकर दिने, चाँदीको बिच्छी दिदा एक दिन पछि बिच्छी र थपमा कमण्ड्ल दिने, सुनको मंगलसुत्र, टीका अन्य गहना दिदाँ एक दिन पछि गर–गहना थपमा नगद रु–५०,०००÷–(पचास हजार) र एउटा फ्रिज दिने भन्दै ठगी गर्ने महिलाहरुबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं, यस्ता ठगबाट सचेत र सुरक्षित रहौँ जिप्रकाले जानकारी दिएको छ । । यो महिला कही कतै देखा परेमा प्रहरीमा खबर गरौ समेत सूचना जारी गरेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहट,प्रहरी कन्ट्रोल नं.१००, ९८५५०४०९९९ समेत दिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.