चाँदी मोटरसाइकल सहित मानिस भन्सार चलान
रौतहट ९ कार्तिक ।
सात लाख सतहतर हजार नौ सय बिस रुपैया अठ्ठासी पैसा बराबरको चाँदी र अं. मुल्य रु.पचास हजार बराबरको मोटरसाइकल गरी जम्मा रु.आठ लाख सताईस हजार नौ सय बिस रुपैया अठ्ठासी पैसा बरावरको चाँदी, मो.सा. र मानिस आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा चलान गरेको छ ।
विहीवार अं. ०८ः०० बजेको समयमा जिल्ला रौतहट गौर न.पा. वडा नं. १ स्थित गौर भन्सार कार्यालय अगाडी सडक खण्डमा खटिएका प्रहरी चेकिङ्ग टोलीले चेक जाँच गर्ने क्रममा भारतको बैरगनियाबाट गौर तर्फ आउदै गरेको बि आर ३० एफ ६६३५ नम्बरको मोटरसाईकल चालक माथि शंका लागि चेकजाँच गर्दा मोटरसाईकलको ट्याङ्की मुनि प्लाष्टिकको पोका भित्र लुकाई छिपाई राखेको चाँदीको पाउँजु लगायतका विभिन्न किसिमको गरगहनाहरु सहित देश भारत जिल्ला सितामढी बैरगनिया नगरपरिषद वडा नं.८ असोगी बस्ने अं. बर्ष ६२ को चन्देश्वर साह समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद गरिएको गरगहनाहरु तौल तथा परिक्षण गराउँदा जम्मा तौल सात हजार एक सय सतासि ग्राम रहेको जिप्रकाले जनाएको छ ।
र सोको मुल्य रु सात लाख सतहतर हजार नौ सय बिस रुपैया अठ्ठासी पैसा मात्र रहेको जिप्रकाका सूचना अधिकारी दिपक कुमार रायले बताएका छन ।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments