

विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरिम आदेश
रौतहट २७ कार्तिक ।
उच्च अदालत नियमावली ,२०७३ को नियम ४२ (१)बमोजिम विपक्षी जिल्ला कारागार कार्यालय गौर , रौतहट लगायत अन्य सम्बन्धित निकायको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ ।
जिल्ला रौतहट साविक गाविस इनरवारी हाल परिवर्तित बौधीमार्य नगर पालिका वडा न ४ घर भइ हाल गौर नगर पालिका ३ बस्ने अमर प्रसाद यादवकी पत्नी अनारकली देवीले विपक्षीको नाउँमा निषेधज्ञा मुद्धा उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगजमा अन्तरिम आदेश सहित निषेधज्ञाको आदेश जारी गरी पाउँ भनी निवेदन गरेकोमा अदालतको एक न्यायाधिशको इजलाशले सो आदेश जारी गरेको हो ।
अदालतबाट भएको आदेशमा कि.न.१३१३ को जग्गामा कानुन बमोजिम बाहेक निजको मंजुरी बेगर कुनै किसिमको निमौण कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१)बमोजिम विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोही आदेशमा मंसिर ४ गतेका दिन दुवै पक्ष विच छलफलका लागी पेशी तोकिएको हो ।
२०४८ सालमा गौर नगर पालिकाको वजेटबाट निर्माण भएको १२ फिट चौडाई भएको पक्की ढलान सडक तथा दुवै तर्फ नाला निर्माण भएको बाटोलाई जिल्ला कारागार कार्यालय गौर रौतहटले बाटो तथा नाला भत्काई बाटो नै बन्द गर्न लागेकोले मुलुकी देवानी संहिता २०७४ को दफा १८,१९,२०,२१,२२,२३,२४,२५ ,२६, ३०० तथा नेपालका संविधानको धारा २५ तथा न्याय प्रशासन ऐन २०७३ को दफा ७ उच्च अदालत नियमावली२०७३ को नियम ४१,४२ नं बमोजिम अन्तरिम आदेश सहितको निषधज्ञा जारी गरी पाउनको लागी कारागार कार्यालय , जिल्ला प्रशासन कार्यालय ,गौर नगर पालिका र जिल्ला प्रहरी कायाृलयको नाउँमा निवेदन दिएको थियो ।