

पाँच जनालाई प्रहरीद्धारा पक्राउ
रौतहट २७ कार्तिक ।
विभिन्न मुद्धामा फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरी सम्बन्धित निकायमा दाखिला गरेको छ । विभिन्न मुद्दामा वारदात पश्चात फरार रहेका पाँच जनालाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलिले जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय रौतहटमा दाखिला गरिएको जिप्रकाले जनाएको छ । पक्राउ पर्नेमा जमदार साह, राकेश भन्ने रुपेश राय यादव , रमेश ठाकुर लोहार, बिजय भन्ने संजय राय यादव र विवेक यादव रहेको जिप्रकाले जनाएको छ ।