

तीन पालिकामा उपनिर्वाचन शान्तिपूर्वक सम्पन्न
रौतहट, १६ मंसिर ।
रौतहट जिल्लाका तीन पालिकामा उपनिर्वाचन शान्तिपूर्वक भएका छन् ।
विहानै देखि मतदाताहरुले शान्तिपूर्वक सभ्य एवं भव्य ढंगबाट उत्साहपूर्वक निर्वाचनमा भाग लिएर आ आफनो मताधिकारको प्रयोग गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय रौतहटको प्रमुख छोटेलाल दासले बताएका छन ।
विहान देखि सुरु भएको मतदान ५ बजे सम्ममा इशनाथ नगरपालिका वडा नम्वर ७ , राजपुर नगरपालिका वडा नम्वर ६ र गढीमाई नगरपालिका वडा नम्वर ८ मा ७३ं.२३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताए ।
निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरे, सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरिक्षक विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय कुमार सिंह, नेपाली सेनाका गणपति लगायतका टोली निर्वाचन पूर्ण रुपमा शान्तिपूर्ण गराउन सक्रिय रहेका थिए ।