रौतहटको उपनिर्वाचनमा दुई स्थानमा नेका तथा एक स्थानमा एस निर्वाचित
,रौतहट १७ मंसिर ।
रौतहट जिल्लाको तीन वटा पालिकामा सम्पन्न भएको उपनिर्वाचनमा नेपाली काँग्रेस दुई स्थान र नेकपा एसले एक स्थानमा विजयी हालिस गरेको छ ।
इशनाथ नगरपालिका वडा नम्वर ७ बाट नेपाली काँग्रेसका उम्मेदवार शेख अब्दुल खलिल, राजपुर नगरपालिका वडा नम्वर ६ बाट नेपाली काँग्रेसका उम्मेदवार समसे आलम र गढीमाई नगरपालिका वडा नम्वर ८ बाट नेकपा एस का बजरंगी प्रसाद यादव विजयी हासिल गरेका हुन् ।
इशनाथ नपा ७ बाट नेपाली काँग्रेसका उम्मेदवार शेख अब्दुल खलिल ले ६२७ मत प्राप्त गरेर विजयी भएको छ भने उनका निकत्तम प्रतिद्धन्दी नेकपा एमालेका शेख अनवरले ५७५ मत प्राप्त गर्न गरेका छन ।
यस्तै राजपुर नगरपालिका वडा नम्वर ६ बाट नेपाली काँग्रेसका उम्मेदवार समसे आललले ७४४ मत प्राप्त गरी विजयी भएका छन भने उनका निकत्तम प्रतिद्धन्दी नेकपा माओवादीका जिकरुलाह ले ४६३ मत प्राप्त गरेका हुन ।
यसैगरी गढीमाई ८ बाट नेकपा एस का उम्मेदवार बजरंगी प्रसाद यादवले ६५५ मत प्राप्त गरेर विजयी भएका छन भने उनका निकत्तम प्रतिद्धन्दी नेकपा एमालेकी जिउती देवी यादवले ६३१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले बताए ।
गढीमाई नगर पालिका वडा न ८ मा जनता समाजवादी पार्टीका उम्मेदवार रामज्ञा राय यादव निर्वाचित भएका थिए तर उनको मृत्यु भए पछि वडा अध्यक्षको पद रितm भएका थिए । त्यसै गरी राजपुर नगर पालिकाका वडा न ६ मा नेपाली काग्रेस पार्टीका उम्मेदवार शेख मोजरे आलम निर्वाचित भए लगतै हृदयघात रोगले निधन भएको थियो । यसै गरी इशनाथ नगर पालिकाको वडा न ७ मा नेकपा एमालेका उम्मेदवार शेख खलीउल्लाह भन्ने दशै मियाँ निर्वाचित भएको एक वर्ष पछि थराइड तथा दमारोगले ग्रस्ति भए पछि उनको पनि मृत्यु भएको थियो ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments