Take a fresh look at your lifestyle.
npa 9 suchana

पार्टीको काममा नलग्ने नेताहरूलाई बिदा गरिने –प्रदेश इन्चार्ज भट्टराई

gadhimai nagar palika ko suchana
suchana gadhimai

पार्टीको काममा नलग्ने नेताहरूलाई बिदा गरिने –प्रदेश इन्चार्ज भट्टराई
काठमाडौं ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीको काममा नलग्ने नेताहरूलाई बिदा गरिने बताउनुभएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बुधबार आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै भट्टराईले खटाएको जिम्मेवारी पुरा नगर्नेलाई नेतृत्वमा बस्ने अधिकार नहुने बताउनुभयो । पार्टीले खटाइएको जिम्मेवारी पुरा नगर्ने, असन्तुष्टि मात्र व्यक्त गर्ने नेताहरूलाई पार्टी कामबाट बिदाइ गरिने बताउनु भयो ।
भट्टराईले भूगोलमा जाने बित्तिकै टिकट पाइन्छ भन्ने भ्रममा नपर्न पनि नेताहरूलाई आग्रह गर्नुभयो । नेताहरूले जहाँ काम गरे पनि कामको आधारमा पार्टीले मूल्याङ्कन गर्ने भट्टराईको भनाइ छ ।
पार्टीका नेताहरूका अनुशासन कमजोर हुँदै गएको बताउँदै भट्टराईले पार्टीका नेता कार्यकर्ता सुध्रन आवश्यक रहेको बताउनुभयो । ‘पार्टीको बैठकमा आउने, हाजिर गरेर हिँड्ने प्रवृत्ति बढेको छ’, उहाँले भन्नुभयो ।
भट्टराईले अनुशासन बिना पार्टी, परिवार र स्वयम व्यक्ति पनि नचल्ने स्पष्ट पार्नुभयो । एमाले वाग्मतीमा कमजोर हुँदा सिङ्गो पार्टी कमजोर हुने तथ्य नबिर्सन उहाँले आग्रह गर्नुभयो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.