जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी
काठमाडौं, ६ पुस ।
जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधी हासिल गरेको हो । त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले बिजयी भएको हो । आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने जवाफी ब्याटिङमा जनकपुरले १० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।् पावर प्लेमा नै ८७ रन बनाएको जनकपुरले उत्कृष्ट प्रदर्शनको सुरुवाती गरेको थियो । आशिफ शेख ३३ रनमा आउट भए भने भने मोहम्मद मोहसिन ९ रनमा आउट भए भने जेम्स निसम यो पटक आश्चर्यतरिकाले ४ रन बनाएर आउट हुनु परेको थियो । सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेट अघि नै १ सय १७ रनको साझेदारी गरेको थियो। सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए भने उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाउन सफल भए भने ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रनमा चित्त बुझाउन बाध्य भए। यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए। उता, जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३(३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १(१ विकेट लिएका थिए।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments