Take a fresh look at your lifestyle.
npa 9 suchana

गरुडा नगर कार्यपालिकाको कार्यालयमा तोडफोड

gadhimai nagar palika ko suchana
suchana gadhimai

गरुडा नगर कार्यपालिकाको कार्यालयमा तोडफोड
रौतहट, ११ पुस ।
गरुडा नगर पालिकाका मेयर कन्थमणी जयसवाल निर्वाचित हुदै पद सम्भालेका वखत देखि नै विवादित बन्दै आएको छ ।
कहिले शिक्षक सरुवा , कहिले अनियमितता , कहिले भ्रष्टाचार ,कहिले छोराको कारण, कहिले आफनै कारण, कहिले किसानको समस्याका कारण विवादित हुदै आएको हो ।
आज विहीवार शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु गरुडा नगर कार्यपालिकाको कार्यालयमा तोडफोड गरेका छन ।
गरुडा नगरपालिकाले अनियमित तरिकाबाट प्रधानाध्यापक प्रभु पटेल र शिक्षक शिवशंकर झाको सरुवा गरेपछि उच्च माध्यमिक विद्यालय गरुडाको विद्यार्थीहरु आक्रोशित भई गरुडा नगर कार्यपालिकाको कार्यालयमा ढुंगामुढा गरेका हुन ।
ढुंगामुढाको क्रममा नगरप्रहरी रामनारायण साह घाइते भएको छ भन्ने नगरपालिकाको झ्यालको सिसा तथा कार्यालय अगाडी पार्किग गरिरहेका नगरप्रमुख कन्थमणी जयसवाल चढ्ने ना.१ झ. १६७३ नम्वरको पिकअप गाडीको सिसालाई क्षति भएको थाहा हुन आएको छ ।
विद्यार्थीहरु अशान्त बनेपछि उक्त उमावीका प्रधानाध्यापक पटेलले अवस्थालाई नियन्त्रण गरेको बुझिएको छ । विधि प्रक्रिया पुर्याएर सुरुवा गर्नुपर्ने तर स्थानीय सरकार भएको हैसियतमा जस्तो सुकै निर्णय लिदा यस्ता घटनाहरु गरुडा नगरपालिकामा देखापर्न थालेका छन् ।
यसैगरी गत मंसिर २ गते शिक्षक सरुवाको विषयलाई लिएर गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी जयसवाललाई उनकै घर अगाडी गालीग्लौज गर्दै धक्कामुक्की भएको थियो ।
शिक्षक दरबन्दी मिलान गरेर विधि प्रक्रिया पुर्याएर मात्रै शिक्षकलाई सरुवा गर्नुपर्ने नियम कानुन रहे पनि हचुवाको भरमा शिक्षकको सरुवा गर्दा गरुडा नगरपालिका पछिल्ला समयमा विवादित बन्दै गएको छ ।
मंसिर २ मा गरुडा बजारमा रहेका नगरप्रमुख जयसवालको घरमा आएर हो हल्ला गाली ग्लौज गर्नुका साथ नगरप्रमुख जयसवाल र उनका छोरा शैलेश जयसवाललाई धक्का मुक्की गरेर अभद्र व्यवहार समेत गरेका थिए ।
यसप्रकारको घटना दोहोरिदै जाँदा पनि सुधारको प्रक्रिया पालिकाले अपनाउन नसक्दा गरुडाको शिक्षा क्षेत्र पटक पटक विवादित बन्दै गएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.