छोटी भन्सार संचालन नहुदाँ राजश्व प्रभावित
रौतहट ९ पुस ।
रौतहट जिल्लाको समग्र विकास र बिभिन्न समस्या समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज अजय कुमार गुप्ताले ध्यानाकर्षण गराएका छन ।
बर्षौ देखी जिल्लामा रहेको अधुरो पुलहरुको पूर्णता, जिल्लाको सबै निर्वाचन क्षेत्रको समग्र विकासका मुद्दाका साथै लामो समय देखि साना नाकाहरुमा ४ चक्के सवारी साधन आवागमनमा लगाईएको रोक बारे नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज गुप्ताले मंगलवार पार्टी मुख्यालय पुगेर प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।
े बिश्व महामारी कोरोनाको समयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले जिल्लाको सानानाकाहरूमा ४ चक्के सवारी साधनको आवागमनमा रोक लगाइएपछि हजारौँ परिवारको जनजीवन प्रभावित बन्दै गएको हो।
जिल्लाको बागमती नदी र बकैया नदीमा रहेका अधुरो पुलको निर्माण हुन नसक्दा मानिसहरू वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ठूलो कठिनाई भोग्नु परेको छ ।
छोटी नाकाहरु भएर सवारी साधन आवागमन नहुँदा स्थानियवासी कठिनाईमा परेका छन भने छोटी भन्सार सञ्चालन नहुँदा साना ब्यापारीहरु कठिनाईको सामना गर्नु परेको छ ।
सदियौं देखि चलिआएको नेपाल र भारत देश बिचको रोटी बेटीको सम्बन्ध प्रभावित भएको छ। बिश्व ब्यापी रूपमा चलेको कोरोना महामारीको समय देखी भारतीय सीमा सुरक्षा बल एसएसबीले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको थियो।
पटकपटक स्थानिय स्तरमा सानो नाका खुलाउने बिभिन्न दलका नेताहरु बाट भएको प्रयास सफल हुनसकेको देखिएन। रौतहट जिल्लाको २८ किलोमीटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपाङ्ग्रे सवारीसाधनलाई छुट दिइएको छ।
२८ किलोमीटर लामो सीमानाको वारी नेपालमा बस्ने हजारौँ नागरिक दैनिक उपभोग्य वस्तुको खरिद देखि औषधि उपचार गराउन तथा किनमेल गर्न सदियौं देखि भारतीय बजार माथी निर्भर रहेका छन्।
सीमावर्ती भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन मात्र चार पाँच किलोमिटर पर्छ भन्ने आफ्नै सदरमुकाम २५ किलोमिटर टाढा पर्दछ। एका तर्फ भारतीय बजार नजीक हुनु र अर्को तर्फ नेपाली बजार भन्दा त्यहाँ सामानहरू सस्तो पर्ने भएकाले अन्य बिकल्प नभएको स्थानीयहरूले गुनासो गरेका छन्।
तर पछिल्लो समयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाएको कारण भारतमा बस्ने आफन्त लाई यहाँ आउन अथवा यताबाट त्यहाँ जान ५० किलोमिटर लामो घुमाउरो बाटो जानुपर्ने वाध्यता भएको छ।
त्यसैगरी २००७ देखि सञ्चालनमा आएको जिल्लाको छोटी भन्सारहरु माओबादी द्वन्दको समय जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको थियो।
तर हालसम्म उक्त छोटी भन्सार कार्यालयहरु पुनः सञ्चालन नहुँदा आवत–जावत र व्यापारिक गतिविधिमा अवरोध हुनुका साथै राजश्व संकलनमा समेत प्रभाव परेको छ।