एमालेले कुनै पाटीसँग एकता नगर्ने
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले कुनै पाटीसँग एकता नगर्ने बरु कुनै पार्टी आए एमालेमा मर्ज भने गर्न सकिने बताएका छन् । स्ववियु निर्वाचनका सन्दर्भमा बिहीबार अनेरास्ववियुले आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै ओलीले २०७८ सालमै एकता र एकीकरणको चरण सकिएको बताएका हुन् । हामी अब आफ्नो पार्टी विस्तार गर्छौ । कोही आउँछ भने मिल्न आउँदा हुन्छ । एमालेमा मर्ज गर्न आए हुन्छ’, ओलीले भने– ‘नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बन्दरबाँड गर्ने र सङ्गठनमा योग्यता नभएका मान्छे स्थायी कमिटी सदस्य हुँ भन्छ एउटा भुरो । त्यो सँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बस भन्ने कुरा गर्दैन ।
एकता एकीकरणका नाममा बार्गेनका लफडामा नपर्ने भन्दै आफ्नो पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर लैजाने बताए । ओलीले विद्यार्थी इतिहासबारे चर्चा गर्दै एमालेलाई मार्ने र सिध्याउने भनेर कतिपय कराए पनि नसकेको भन्दै झिँगाले सरापेर डिँगा नमर्ने उखान लागू भएको बताए ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments