

संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
रौतहट २० पुष ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य प्रकाश श्रेष्ठलाई धम्की दिने कटहरिया नगर पालिका वडा न ४ का रामचन्द्र साहलाई कारवाई गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग गरेको छ ।
जहरीमाई कृषि सहकारी संस्था तथा जयसवाल बिज भण्डारकना संचालक साहले समाचारको विषय लिएर संचारकर्मीलाई दिएको धम्की प्रति महासंघले घोर निन्दा गरेको छ ।
सहकारी संस्थाको आडमा हुने गैरकानुनी कर्तुत बारेमा समाचार सम्प्रेषण गरेको विषयमा संचारकर्मीलाई धम्काउने ,मानसिक तनाव दिने साहको फोन रेकर्ड सार्वजनिक भएको हुदाँ सरोकारवाला निकायलाई कारवाई गर्न महासंघका सचिव गौतम श्रेष्ठद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाएको छ ।
सोही विज्ञप्तिमा समाचारका विषयमा चित नबुझे कानुनी उपचारको विधि र प्रक्रिया हुदाँ हुदै फोनबाट धम्की दिनु प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादा माथि गम्भीर आक्रमण भएको हो महासंघको विज्ञप्तिमा जनाएको छ ।
पटक पटक धम्की र त्राशपूण अवस्थामा काम गर्न बाध्य संचारकर्मीहरुलाई शान्ति र कानुनी राज्यको अनुभुति गराउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सँग जोडदार माग गरेको छ ।