Take a fresh look at your lifestyle.
npa 9 suchana

भन्सार छली गरी ल्याउँदै गरेको सामान बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

भन्सार छली गरी ल्याउँदै गरेको सामान बरामद
रौतहट १ माघ ।
प्रहरी चौकी बडहर्वा रौतहटबाट खटिएको प्रहरी गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा जिल्ला रौतहट दुर्गाभगवति गा.पा. वडा नं.०५ बागमति नदी स्थितमा बि आर ३० डि २३२२ र बि आर३० एस ३३८३ नम्बरको मोटर साइकललाई रोकी चेकजाँच गर्दा सो मोटरसाईकलमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अ. मुल्य उन्नचालिस हजार नौ सय दश रुपैया बराबरको कपडाहरु फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी उमाशंकर प्रसादले बताएका छन ।
उक्त सर–सामान र अं. मुल्य एक लाख बरावरको २ वटा मो.सा. गरि जम्मा अं. मुल्य एक लाख उन्नचालिस हजार नौ सय दश रुपैया बरावरको कपडा, मो.सा. र मो.सा. चालक ऐ. दुर्गाभगवति गा.पा. वडा नं. ५ बस्ने अ.बर्ष ५० को किशोरी चौधरी कलवार र ऐ.ऐ. बस्ने अं. बर्ष ४४ को नरेश साह तेली समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रकाले जनाएको छ । पुस २६ गतेका दिन ९ बजेको समयमा समान सहित मो.सा र चालक सहित पक्राउ गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.