

खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण बैठक सम्पन्न
रौतहट, ३ माघ ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप”अभियान २०८१ जिल्ला स्तरिय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण बैठक आज सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय गौर रौतहटद्धारा विहिवार सियाप्यालेस होटेलमा पाठेघरको मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप”अभियान २०८१ जिल्ला स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरु बीचको अभिमुखिकरण बैठकमा माघ २२ गते देखि देशैभरी सुरु भईरहेको एचपीभी खोप अभियान २०८१ आउदो फागुन ६ गते सम्पन्न हुने बताइउको छ ।
यो खोप खास गरेर कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई लगाउने तथा विद्यालय बाहिर रहेका १० बर्ष देखि १४ बर्षकी बालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय रौतहट प्रमुख राजेश सिंहले बताए ।
नेपालमा पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएको अवस्थामा नेपाल सरकारले कक्षा ६ देखि १० मा अध्ययन गर्ने बालिकाहरुलाई अभियानका रुपमा संचालन हुने भएको हुँदा संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने गरेको स्पष्ट पार्दै प्रमुख सिंहले त्यसको लागि दुई सय जनशक्तिलाई तालिम दिइसकेको उनले भने ।
जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्याय यादवको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलिप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय सिंह, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजयकुमार कार्की पूर्व अध्यक्ष प्रेमचन्द्र झा, प्रादेशिक अस्पताल गौरका मेसु मुरारी ठाकुर, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेश सिंह सहितका स्वास्थ्यकर्मीहरु र संचारकर्मीहरुको सहभागिता रहेको खोप निरीक्षक अनिल कर्णले बताए ।