

विपी चौकमा टायर बालेर विरोध प्रर्दशन
, रौतहट २७ फागुन ।
गौर राइस मिलको जग्गा गौर नगर पालिकाका मेयर शम्भु साहले विक्री गर्न लागेको आरोप लगाउदै नगरवासीहरुले आज विपी चौकमा टायर बालेर विरोध प्रर्दशन गरेका छन ।
नेकपा एमालेका नेता अजय कुमार गुप्ता , नेकाका मोहन राय यादव , जसपाका किरण ठाकुर , श्यामसुन्दर पटेल लगायतको सक्रियतामा आज विपी चौकमा टायर बालेर विरोध प्रर्दशन गरेका हुन ।
विरोध प्रर्दशन गर्ने क्रममा गौर नगर पालिकाका मेयर शम्भु साह राजिनामा देउ ,मेयर मुर्दा बाद , गौर राइस मिल्लको जग्गा विक्री गर्न पाइदैन जस्ता अनेकौ नारा लगाएका थिए ।
आज पाँचौ दिन विपी चौकमा टायर बालेर विरोध प्रर्दशन गरेका छन ।