Take a fresh look at your lifestyle.
npa 9 suchana

अविलम्ब सार्वजनिक रुपमा जनतासँग माफी माग्न नेता गुप्ताको सुझाव

gadhimai nagar palika ko suchana
suchana gadhimai

अविलम्ब सार्वजनिक रुपमा जनतासँग माफी माग्न नेता गुप्ताको सुझाव
रौतहट २७ फागुन ।
राइस मिल्ल बचाउ समिति रौतहटद्धारा गौर नगर पालिकाको विभिन्न वडाहरुमा जनजागरण अभियान संचालन गरेको छ ।
नेकपा एमाले , नेपाली काग्रेस लगायत अन्य दल तथा स्थानीयवासीहरुको सक्रियतामा गौर नगर पालिकाका विभिन्न वडाहरुमा जनजागरण अभियान तथा सभाको आयोजना गदैै गौर राइस मिलको जग्गा भूमाफियाहरुबाट बचाउन आग्रह गदै आएको छ ।
आज गौर नगर पालिकाको सवगढामा जनजागरण सभाको सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्य अजय कुमार गुप्ताले गौर राइस मिल गौर वासीको लागी धरोहर रहेको , राजनितिक दलको सभा गर्ने स्थल रहेको , खेलाडीको खेल खेल्ने ठाउँ रहेकोले बेच्न नमिल्ने बताए ।
उनले राइस मिलको हकदार नरहेको नक्कली कागजात बनाई दावी गर्दै आएको भूमाफियालाई पक्राउ गरी कारवाई गर्न जोडदार माग गरेका छन ।
राइस मिल विक्री गर्न लागेका गौर नगर पालिकाका मेयर शम्भु साहले अविलम्ब सार्वजनिक रुपमा जनतासँग माफी मागी मिलको जग्गा नबेच्ने प्रतिवद्धता जाहेर गर्न नेकपा एमालेका नेता गुप्ताले सुझाव दिएका छन ।
सो अवसरमा नेकाका मोहन प्रसाद यादव , पुर्व उपमेयर किरण ठाकुर , नेता श्याम सुन्दर पटेल ,भुषण सिह लगायतका नेताहरुले राइस मिल कुनै हालतमा विक्री गर्न नदिने अभिव्यतिm दिएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.