

जनकपुर १८ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गर्नुभएको छ ।
मधेश प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले आज आइतवार जनकपुरधाममा आयोजना गरेको विशेष समाहरोमा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिमार्फत एकैपटक ६४ वटा आयोजनाको शिलान्यास गर्नुभएको हो ।
महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा डिजिटल प्रविधिमार्फत प्रधानमन्त्री ओलीले ६४ वटा सडकको शिलान्यास गर्दै मधेश प्रदेश अन्य प्रदेशबाट पछाडी परेको हुनाले अव उपरान्त पछाडी नहुने प्रधानमन्त्री ओलीले बताउनु भयो ।
मधेश प्रदेशमा गरिवी हुनै नपर्ने तर सब भन्दा गरिव तथा शिक्षा र स्वास्थ्यमा पछाडी परेका प्रदेशलाई अव उथान गर्ने वेला आएको उहाँले बताउनु भयो ।
बुढेसकालमा छोरा भन्दा छोरीले हेरचार बढी गरिने भएकोले छोरीलाई पढाउन उहाँले जोड दिदै मधेशको गुणस्तरिय विकास होस भन्ने कामना उहाँले गर्नुभयो ।
ढिलासुस्तीले देशको विकासमा अवरोध हुने भएकोले भ्रष्टाचार भन्दा ढिलासुस्तीलाई नियन्त्रण गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
वृक्षारोपण भन्दा वृक्षलाई जोगाउन आवश्यक रहेकोले सवैले आ आफनो तर्फबाट ध्यान दिन उहाँले अपिल गर्नु भयो ।
मधेश प्रदेशका आठै जिल्लालाई छुने गरी चौतार्फी विकासका लागी आज शिलान्यास गरेको छु बताउदै प्रधानमन्त्री ओलीले यस पवित्र भुमिको तिव्रगतिमा विकासको लहर चलिने छ उहाँले बताउनु भयो । प्रदेश तथा केन्द्रिय मार्फत १० हजार परिवारलाई आवासको सुविधा प्रदान गरिएको छ उहाँले भनु भयो । रेलको विकास , शिक्षा र स्वास्थ्यको विकास गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेश प्रदेशअन्तर्गत ८ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा ५ किलोमिटरका दरले ३ सय २० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ । ३ वर्षभित्र सम्पन्न गर्ने कालोपत्रसहितको पक्की सडक निर्माणका लागि १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालय मार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको भन्दै अब सडक निर्माणको कामले तीव्रता पाउने बताउनुभयो ।
निर्माण हुने सडकको चौडाइ साढे ५ देखि ७ मिटर हुनेछ । सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा १÷१ वटा पक्की पुल निर्माणका लागि प्रक्रिया शुरू भइसकेको मन्त्रालयले जनाएको छ ।
यो योजनाले मधेश प्रदेशमा सडक पहुँच अभावमा रहेका गाउँलाई यातायात सञ्जालमा जोड्ने, व्यापार–व्यवसाय प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म लैजान सहयोग प¥याउने मन्त्री यादवले बताउनुभयो ।
सो कार्यक्रममा आठै जिल्लाका नेता कार्यकर्ता तथा संचारकर्मीहरुको सहभागितामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्य अजय कुमार गुप्ताको नेतृत्वमा रौतहटबाट सयकडौँ कार्यकर्ताहरु प्रधानमन्त्री ओलीद्धारा हुने उदघाटन कार्यक्रममा सहभागी रहेका थिए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा सम्मान
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ। मधेश प्रदेश सरकारको आयोजनामा सम्पन्न कार्यक्रममा ओलीलाई ऐतिहासिक जनकपुर दरबारको कलात्मक फ्रेम प्रदान गरी सम्मान गरिएको हो।
कार्यक्रममा सहभागी विभिन्न विशिष्ट व्यक्तिहरूले ओलीको नेतृत्व क्षमताको प्रशंसा गर्दै उहाँले मुलुकमा स्थायित्व र विकासका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए। सम्मान ग्रहण गर्दै ओलीले जनकपुर र मिथिलाञ्चल क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई सम्बोधन गर्दै समृद्ध नेपाल निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा जनकपुरका स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षाकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा उपस्थित व्यक्तिहरूले मोबाइलबाट तस्वीर तथा भिडियो खिचेर ऐतिहासिक क्षणलाई कैद गरेका थिए।
कार्यक्रमस्थल राष्ट्रिय झण्डा, पुष्पमालाहरू र नेपाली संस्कृति झल्काउने सजावटहरूले सजाइएको थियो। अध्यक्ष ओलीको ठूलो फोटो सहितको स्वागत पृष्ठभूमिले समारोहलाई थप भव्य बनाएको थियो।