Take a fresh look at your lifestyle.
npa 9 suchana

स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण सम्पन्न
,रौतहट३ जेठ । स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सञ्चार क्षेत्रलाई थप जिम्मेवार, व्यावसायिक र जनउत्तरदायी बनाउन पत्रकारिता आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको वक्ताहरूले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा पर्यटन विकास मन्त्री कनिस पटेलले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएकाले सत्य, निष्पक्ष र मर्यादित समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए। उनले पत्रकारहरूले आचारसंहिताको पूर्ण पालना गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने धारणा व्यक्त गरे।
त्यस्तै, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारिताको विश्वसनीयता कायम राख्न आचारसंहिताको पालना अनिवार्य रहेको उल्लेख गरे। उनले बदलिँदो सञ्चार परिवेशमा पत्रकारहरूले तथ्यमा आधारित र उत्तरदायी पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम वन्जराहाले पत्रकारितामा देखिएका चुनौतीहरूलाई सामना गर्न व्यावसायिक दक्षता र नैतिक आचरण आवश्यक रहेको बताए। उनले पत्रकारहरूको क्षमता अभिवृद्धिसँगै आचारसंहिताप्रति प्रतिबद्धता बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता आचारसंहिताका विभिन्न पक्षबारे प्रशिक्षण प्रदान गर्दै समाचार संकलन, सम्पादन र प्रकाशनका क्रममा अपनाउनुपर्ने नैतिक मापदण्डबारे जानकारी गराएका थिए।
यसैगरी, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष संजय कार्कीलगायत वक्ताहरूले पत्रकारितालाई मर्यादित, जिम्मेवार र जनविश्वास योग्य बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारिताको गुणस्तर अभिवृद्धि, व्यावसायिक क्षमता विकास तथा सञ्चार क्षेत्रको विश्वसनीयता कायम राख्न यस्ता अभिमुखीकरण कार्यक्रम उपयोगी भएको बताएका थिए।मिडिया काउन्सिल मधेस प्रदेश का कार्यवाहक अध्यक्ष बधना झा को अध्यक्षता कार्यक्रम सप्पन्न भएको थियोे ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.