Take a fresh look at your lifestyle.
npa 9 suchana

भारतको अनुदानमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका ८ परियोजना सञ्चालन हुने

gadhimai nagar palika ko suchana
suchana gadhimai

भारतको अनुदानमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका ८ परियोजना सञ्चालन हुने

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन्। परियोजना कार्यान्वयनका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

कुल अनुमानित ८० करोड ३० लाख रुपैयाँ लागतमा सञ्चालन हुने परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना

सम्झौता भएका परियोजनामा कोशी प्रदेशको सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण र धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण रहेका छन्।

त्यसैगरी मोरङको बेलबारी नगरपालिका–३ स्थित बेलबारी बहुमुखी क्याम्पस भवन, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शैयाको अस्पताल, हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवर्द्धन केन्द्र, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर तथा सुनसरीको बर्जु गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गरिनेछ।

भारतीय राजदूतावासका अनुसार सन् २००३ यता भारत सरकारले नेपालमा हालसम्म ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ। तीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगितासहित विभिन्न क्षेत्रमा ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना कार्यान्वयनका विभिन्न चरणमा छन्।

भारतले नजिकको छिमेकीका रूपमा नेपालसँग बहुक्षेत्रीय सहकार्य गर्दै आएको जनाउँदै यी परियोजनाले नेपालका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास तथा समृद्धिको प्रयासलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.