


१८ जेठ, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-दोभान सडक खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि शुक्रबार बिहान ४ बजेदेखि यातायात सेवा अवरुद्ध भएको हो ।
गत वैशाख ३१ गते पनि सोही स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।
पहिरोबाट खसेका ठूला-ठूला ढुंगाले सडकमा अवरोध सिर्जना गरेपछि पाल्पातिरबाट बुटवल आउँदै गरेका र बुटवलबाट पाल्पा, हुँदै गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ हिँडेका सवारी साधन र यात्रुहरु बीचमै रोकिएका छन् ।
वर्षा नरोकिएकाले डोजर चलाएर पहिरो पन्छाउन ढिलाइ भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक कति बजे खुल्छ भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।