
आफनै घरका सदस्यहरुबाट मधेशमा महिला माथी विभेद रहेको मुख्य मन्त्री राउतको भनाई ।



रौतहट, जेठ २३ ।
प्रदेश नं २ का मुख्य मन्त्री मोहम्मद लालबाबु राउत गदीले मधेशमा महिलामाथी परिवारका सदस्यहरुबाट नै विभेद रहेको बताउनुभएको छ । मधेशमा छोरालाई पढाउने र छोरीलाई नपढाउने प्रवृतिले मधेशमा छोरीमाथी घरका सदस्यहरुले नै अन्याय गर्ने गरेको उहाँले बताउनुभयो । रौतहटको गरुडा नगरपालिकालाई पाचौँ खुल्ला दिशामुक्त नगरपालिका घोष्णा सभा समारोहलाई आज प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मुख्य मन्त्री राउतले महिला माथी रहेको विभेदलाई अन्तय गर्नको लागि नै प्रदेश नं २ को सरकारले बेटी पढाउ बेटी बचाउ भन्ने निती ल्याएको स्पष्ट गर्नुभयो । यसैविच मुख्य मन्त्री राउतद्धारा रौतहटमा पहिलो चोटी गरुडा नगरपालिका आज जिल्लाको पाचौँ खुल्ला दिशामुक्त नगरपालिका घोष्णा भएको छ । मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गरुडा नगरपालिकालाई जिल्लाको पाचौँ खुल्ला दिशामुक्त नगरपालिका घोष्णा गरिएको छ ।