२७ जेठ, काठमाडौं । तातोपानी र रसुवागढी नाकाको मितेरी पुल चीन आफैंले बनाउने भएको छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा दुबै ब्यापारिक नाकामा पुल बन्ने भएको हो ।
मन्त्रिपरिषदको आइतबारको बैठकले तातोपानीस्थित मितेरी पुल तथा रसुवागढी र चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव पनि स्वीकृत गरेको छ ।
भूकम्पका कारण चीनको मितेरी पुल पुननिर्माण गर्नुपर्ने अवस्था छ । रसुवागढीको पुल पनि भूकम्पले क्षति पुर्यएको छ । दुई पुल निर्माणका लागि कति खर्च हुन्छ भन्ने जानकारी सडक विभागलाई पनि छैन ।