Take a fresh look at your lifestyle.
npa 9 suchana

बालकको हत्या आरोपमा वडाअध्यक्ष सहित १२ जना पक्राउ ।

gadhimai nagar palika ko suchana
suchana gadhimai

्र
राैतहट ,जेठ ३० ।  रौतहट जिल्लामा एक बालकको निर्मम हत्या भएको छ । कटहरीया नगरपालिका वडा नं ९ डुमरीयाका चिकित्सक दिलिप साहको १२ वर्षिय छोरा शनीदेवल भन्ने युवराज शाहको आईतवार राति गोली हानी हत्या गरिएको छ । शनिवार राति आफनै घरमा सुति रहेको अवस्थामा करिव १ वजेको समयमा एक समुहले बालक युराज शाह लाई अपहरण गरी लगेको थियो । घरको भेन्टेलेशनबाट पसेर अपहरणकारीले ढोका खोली बालकलाई ओछयानबाट लगेको थियो । अपहरणकारीहरुले अपहरण गरेको भोलीपल्ट आईतवार साँझ बालकको बुवा दिलिपको मोवाईलमा फोन गरी १ करोड रुपैया फिरौति दिन माग गरेको थियो । १ कारोड रुपैया दिन सक्दिन बरु ५ लाख रुपैया दिन सक्छु यतिमा मेरो छोरालाई अपहरणमुक्त गरिदिउँ भनेर बालकका बुवा साहले अपहरणकारीलाई आग्रह गर्नुभएको थियो । तर सोमवार विहान गाउँभन्दा निकै टाढा रहेको बागमति नदिको किनारमा बालक युवराजको कन्चटमा गोली हानेर हत्या गरी फालिएको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो । सुतिरहेको छोरालाई ओछ्यानबाट उठाएर बागमती नदीको सुनसान स्थानमा राखेर अपहरणकारीहरुले हात–खुटा भाँचेको, छातीको करंगहरु भाँच्नुको साथै शरीरको विभिन्न भागमा करेन्ट लगाएर आँखा फुटाएर कन्चटमा गोली हानी हत्या गरेको भन्दै हत्याराहरुलाई मृत्युदण्ड दिनुपर्ने पिडित परिवारको माग छ । हत्यामा संलग्न रहेको आरोपमा अहिलेसम्म वडा अध्यक्ष सहित १२ जना पक्राउ परिसकेका छन् । बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले वडाध्यक्ष रामअज्ञा यादवसहित रामबाबु, लालबाबु, शक्ति यादव, रवी पटेल, विनोद पटेल, स्थानीय डुमरियाकै प्रविण यादव, सुनिल यादवसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको गहन अनुसन्धान भइरहेको हुँदा सबै जानकारी आइसकेपछि संचारकमीहरुलाई जानकारी गराउने प्रहरीको तयारी छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.