Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच यसरी हुँदैछ भेटवार्ता

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौं , असार ६ ।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु गर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले बुधबार अपरान्ह चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने भएका हुन् ।

चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग प्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

त्यसअघि आजै प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समूदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गरेका छन् ।

बेइजिङस्थित हिल्टन होटलको देउताइ स्टेट गेष्टहाउसमा बसेका प्रधानमन्त्री ओलीको उपस्थितिमा बुधबारै दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने विषयमा दुई पक्षीय सम्झौता भएको छ ।

बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना

दुतावासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकभित्रको स्रोत साधन र छिमेकीको साथ लिएर सम्मृद्ध नेपालको सपना पुरा गर्ने बताएका छन् । उनले सरकारी र नीजि क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर भएपछि संयुक्त लगानी र विभिन्न ढाचाको लगानी र सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नुका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सारको ‘एक क्षेत्र एक मार्ग (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुनुलाई उपलव्धीका रुपमा हेरिएको बताए ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग भने बिहीबार मात्रै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसक्रममा प्रतिनिधि मण्डलले चीनका वरिष्ठ नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

१२० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलबार साँझ बेइजिङ पुगेका थिए । उनले मंगलबार साँझ नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन समेत गरेका थिए ।
समकक्षी ली खछ्याङसँग भने बिहीबार प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.