

काठमाडौं, असार १० । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीनको औपचारिक भ्रमण पुरा गरेको आज स्वदेश फर्कदैछन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर गएका प्रधानमन्त्री ओली बिहान साढे १० बजे त्रिभुवन विमानस्थल आइपुग्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको थियो।

यसैबीच सरकारले चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताएको छ ।
प्रधानमन्त्री ओली हिजो नेपाली महावाणिज्यदूतावास ल्हासाले आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए। नेपाली टोलीले क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले हिजै पोताला दरबार र जोखान मन्दिरको पनि भ्रमण पनि गरेको थियो।
प्रधानमन्त्रीको स्वागतका लागि उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय सभाका सभामुख, प्रतिनिधि सभाका सभामुखलगायता उच्चस्तरीय सरकारी अधिकारी विमानस्थल पुग्नेछन्।